कुरामै सीमित चिया अक्सन केन्द्र

कुरामै सीमित चिया अक्सन केन्द्र
+
-

विर्तामोड- नेपालको चिया विक्रीमा सहज बनाउन अक्सन केन्द्र स्थापना गर्ने विषय लामो समयदेखि अलपत्र परेको छ। पहिला किसानहरुको मुख्य माग रहेको अक्सन केन्द्रको स्थापनामा व्यवसायीहरुले त्यति चासो दिएका थिएनन्। तर अहिले व्यवसायी पनि सकारात्मक बनेका बेला भने सरकारले ध्यान नदिएको चिया किसान तथा उद्योगीहरुको गुनासो छ।

नेपालमा उत्पादित तयारी चियाको विक्रीका लागि स्थापना गर्ने भनिएको अक्सन केन्द्र अर्थात डाक बढाबढ गरेर विक्री गर्ने थलोको पक्षमा नदेखिएका चिया उत्पादक तथा उद्योगीहरुले अहिले आफैं उक्त केन्द्रको स्थापनाको माग राख्न थालेका छन्।

विगतमा उक्त केन्द्र आफ्नो हितमा नहुने बताउँदै आएका उनीहरुले अहिले अक्सन केन्द्र स्थापनाले नेपाली चियाको बजारिकरणमा सहयोग पुग्ने बताएका छन्।

नेपालमा बार्षिक करीब २ करोड ५० लाख केजी चिया उत्पादन हुन्छ। तर जति उत्पादन हुन्छ त्यस्को अधिकांश मात्रा भारत निकासी गर्नुपर्छ।

नेपाली चियाको बजारिकरणका लागि नेपालमै डाक बढाबढ विक्री केन्द्र अर्थात अक्सन सेन्टरको स्थापना गर्नुपर्छ भनेर करीब चार बर्ष अघिदेखि कुरा उठ्यो तर अहिलेसम्म कार्यान्वयन हुन सकेन।

चिया उत्पादक उदय चापागाईंले भने, ‘अब पनि अक्सन केन्द्रको स्थापना नभए चिया क्षेत्रका लागि दुर्भाग्य हुनेछ।’

तर अक्सन केन्द्रको स्थापना गर्ने बेलामा सरकारले बजेट नछुट्याएकाले काम अगाडि बढ्न नसकेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए।

उनले भने, ‘अर्को बर्षको नीति तथा कार्यक्रममा पारेर चिया अक्सन केन्द्रका लागि बजेट छुट्याएर काम गर्ने कुरा भएको छ।’

अक्सन केन्द्रको स्थापनाको मागमा सरकारले अब काम अगाडि बढाउने कृषि विकास मन्त्रालयले बताएको छ।

चिया उत्पादकहरुको भनाइमा अक्सन केन्द्र स्थापना भएमा चियाको बजार विस्तार हुनेछ र अल्मलिएको चिया क्षेत्र व्यवस्थित गर्न सहयोग पुग्नेछ। तर उनीहरु सरकारले केन्द्र स्थापनाको काम शुरुवात नगरुन्जेल विश्वस्त हुने सकेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?