माछा चिन्नू सुँघेर वा भुँडी थिचेर

माछा चिन्नू सुँघेर वा भुँडी थिचेर
+
-

काँकरभिट्टा- पशु क्वारेन्टाइन चेकपोस्ट काँकरभिट्टाका पशु स्वास्थ्य प्राविधिक रामसेवक यादव भारतबाट आयात गरिएका माछाको भुँडी थिचेर खान योग्य छ/छैन हेर्दै थिए।

यो उनले माछा जाँच गर्ने नियमित प्रक्रिया हो। त्यस्ता आयात गरिएका माछा न कुनै प्रयोगशालामा लगेर जाँचिन्छ, न त्यस्ता माछा मानव स्वास्थ्यलाई हानि पुग्ने पदार्थ छ छैन भनेर जाँचिन्छ।

यादवले भारतबाट आयात गरिएका माछाको स्वास्थ्य परीक्षण छामेर वा सुँघेर गरिने गरिएको बताए। उनले भने, ‘हामी माछाको भूँडी थिचेर र सुँघेर थाहा पाउँछौं माछा खान योग्य छ कि छैन भनेर।’

पूर्वी नाका काँकरभिट्टामै खाद्यबस्तुको गुणस्तर वा विषादी परीक्षण गर्न भनेर मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले निर्देशन दिएको भए पनि भारतसंग जोडिएका सीमा नाकामा भारतबाट आयात गरिएका माछा पशु क्वारेन्टाइन चेकपोस्टका कर्मचारीले सुँघेर वा छामेर क्वारेन्टाइन पास गर्ने गरेका छन्।

भन्सारका अधिकारीहरु समेत पशु क्वारेन्टाइन चेकपोस्टको परीक्षणप्रति सन्तुस्ट देखिँदैनन्। त्यस्ता माछा खानको लागि कतिको स्वस्थ्यकर छ भन्ने थाह नपाइ उपभोक्ताले उपभोग गरिरहेका छन्।

यादवका कुरा सुन्दा छामेर वा सुँघेर गरिने परीक्षण आफूहरु स्वयं समेतले गर्नसक्ने सर्वसाधारण उपभोक्ताको भनाई छ। तर उक्त क्वारेन्टाइन चेकपोस्टमा न कुनै प्रयोगशाला छ न दक्ष जनशक्ति। चेकपोस्टका कर्मचारी भन्छन् निर्देशनले मात्र पुग्दैन खानेकुरा जाँच गर्नका लागि जनशक्ति र प्रविधि पनि दिनुपर्छ।

कुनै समय भारतका विभिन्न ठाउँबाट नेपाल आइपुग्न धेरै दिन लाग्ने भएकाले भन्सारले शंका गरेका त्यस्ता माछा क्वारेन्टाइन परीक्षणका लागि पठाउँदा खान योग्य भएको रिपोर्ट आउने भएकाले क्वारेन्टाइन चेकपोस्टमा हुने परीक्षणको विश्वस्नीयता गुमेको भन्सारका अधिकारीहरु बताउँछन्।

 पशु क्वारेन्टाइन चेकपोस्टले भने त्यस्ता माछालाई क्वारेन्टाइन पास गरिदिइ नमुना संकलन गरेर विराटनगरको प्रयोगशालामा पठाउने गरेको जनाएको छ। तर त्यस्को रिपोर्ट आउन कम्तीमा एक महिना लाग्ने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?