चार महिनापछि झापामा अत्याधुनिक क्यान्सर अस्पताल

चार महिनापछि झापामा अत्याधुनिक क्यान्सर अस्पताल
+
-

विर्तामोड- झापाको विर्तामोडमा चार महिनापछि पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ। अस्पतालका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिको व्यवस्था गर्न थालिएको क्यान्सर अस्पतालका चिकित्सक डा. विरेन्द्र यादवले जानकारी दिए।

क्यान्सर अस्पताल झापाको विर्तामोडमा रहेको विएन्डसी अस्पतालको व्यवस्थापनमा खुल्न लागेको हो।

असारदेखि सञ्चालनमा ल्याउन लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि अत्याधुनिक उपकरण भित्र्याउन लागिएको विएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए।

प्रसाईं र भेरियन मेडिकल सिस्टमका दक्षिण एसिया म्यानेजर बिनित गुप्ता तथा आनन्दकुमार सिंहबीच अत्याधुनिक उपकरण ल्याउने विषयमा सम्झौता पनि बुधबार भएको छ।

दक्षिण एशियामै पहिलोपटक अत्याधुनिक उपकरण भित्र्याउन लागिएको दाबी गर्दै प्रसाईंले अब क्यान्सरका बिरामीले उपचारका लागि विदेश जानु नपर्ने बताए।

अमेरिकामै छ महिना अगाडि सुरु गरिएको हेल्सियोन र ट्रोबिम, फोर डी सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन, ब्रेकी थेरापी अस्पतालले भित्र्याउन लागेको हो ।

हेल्सियोन मेसिन भारतमासमेत नभएको उक्त कम्पनीका म्यानेजर विनित गुप्ताले जानकारी दिए ।

उक्त मेसिन ल्याउन अस्पतालले ९० करोड रुपैंयाँमा सम्झौता गरेको कार्यकारी निर्देशक प्रसार्इंले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?