बैंक र व्यक्तिको पैसा लुट्ने‍ ‘मास्टर प्लान’, पिटरले कसरी चलाए नेपालमा गिरोह?

बैंक र व्यक्तिको पैसा लुट्ने‍ ‘मास्टर प्लान’, पिटरले कसरी चलाए नेपालमा गिरोह?
+
-

काठमाडौँ- शान्ता राईको जिन्दगी राम्रैसँग चलिरहेको थियो। एक दिन उनलाई चिठ्ठा परेको भन्दै म्यासेज आयो। म्यासेज विदेशबाट आएकोले उनी अलमलमा थिइन्।

तर उनलाई लगातार फलोअप भयो। रकम सानोतिनो थिएन। यति विश्वासिलो वातावरण तयार बन्दै गयो की शान्ता अब पत्याउन थालिसकेकी थिइन्। त्यसको केही दिनपछि उनलाई भारतको भन्सार अफिसबाट फोन आयो। महत्वपूर्ण सामान आएको भन्दै कर चुक्ता गर्न उनीसँग पैसा मागियो।

पटकपटक गरी शान्ताले ८ जनाको खातामा २४ लाख रुपैयाँभन्दा बढी जम्मा गरिसकेकी थिइन्। त्यसमध्ये ७ लाख रुपैयाँभन्दा बढी रमेश खड्काको नाममा जम्मा भएको थियो।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो- रमेश तीनै व्यक्ति थिए जसले केही समयअघि भएको कृषि विकास बैंक र पानस रेमिट ह्याकिङका अन्तर्राष्ट्रिय नाइके नाइजेरियन नागरिक पिटरको खातामा पैसा जम्मा गरेका थिए।

कृषि विकास बैंकको लाहानस्थित शाखाको पीएल अकाउन्ट ह्याक गरी व्यक्तिको खातामा जम्मा भएको पैसामध्ये रमेशले पनि आफ्नो खातामा जम्मा भएको पैसा पिटरलाई पठाएको महाशाखाका  प्रमुख एसएसपी सहकुल थापा बताउँछन्।

‘अनलाइन ठगीको अनुसन्धानमा पक्राउ परेका व्यक्ति बैंक तथा रेमिट ह्याकिङ प्रकरणमा समेत जोडिएको पाइयो। दुवै प्रकरणको अन्तर्राष्ट्रिय नाइके मुख्यत: एउटै व्यक्ति देखिन्छ’, थापा भन्छन्।

प्रहरीले दोलखाका ५२ वर्षीय खड्कासहित नवलपरासीका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र १९ वर्षीया सन्दीप कलवारलाई पनि पक्राउ गरेको छ। प्रहरीले तीन जनाको खाताबाट १४ करोड रुपैयाँभन्दा बढी कारोबार भएकाले अनुसन्धान गम्भीर रुपमा अगाडि बढाइएको जनाएको छ।

स्रोतका अनुसार नाइजेरियन नागरिक पिटर र खड्काबीच नेपालमै भेट भएको थियो। पिटरले आफ्नो योजना सुनाएपछि खड्काले नेपालमा विभिन्न व्यक्तिको बैंक अकाउन्ट यी नाइजेरियनलाई उपलब्ध गराएका थिए। कतिपय बैंक अकाउन्ट खड्का आफैले खोलेर आफै सन्चालन गर्थे।

नेपालमा सन्जाल विस्तार गर्न र कारोबारलाई सजिलो बनाउन तिवारी र कलवारलाई प्रयोग गरे। राम्रै आम्दानी हुने भएपछि दुवै जना लोभिए।

‘बैंकको पीएल अकाउन्टबाट ट्रान्सफर भएको पैसा निकालेर पठाए बापत आफूले पनि केही हिस्सा पाउने भएपछि उनिहरु लोभिएको देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्।

उता नाइजेरियन नागरिक पिटरले बेलायतका स्मिथ मोरिसलाई समेत प्रयोग गरेर सोझा साझा नेपालीलाई कसरी ठग्न सकिन्छ भनेर पत्ता लगाइसकेका थिए। त्यसका लागि उनले फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालबाट सोझा साझा नेपालीलाई सम्पर्क गरी चिठ्ठा परेको, गिफ्ट पठाएको लगायत प्रलोभन देखाएर ठग्न सकिने उपाय पत्ता लगाए।

‘कतिपय अवस्थामा सहयोगको बहानामा एउटा नेपालीलाई पीडित बनाएर अर्को नेपालीको खातामा पैसा जम्मा भएको देखिन्छ जुन वास्तवमा उनिहरुलाई थाहा पनि हुँदैन’, अनुसन्धानमा खटिएका ती अधिकारी बताउँछन्। स्रोतका अनुसार तिवारी, खड्का र कलवारले मात्र पिटरलाई तीन करोड रुपैयाँभन्दा बढी पैसा पठाएका थिए।

महाशाखा प्रमुख थापाले अन्य १४ जना पिडितको ७२ लाख रुपैयाँ  ठगी भएको र त्यसको केही हिस्सा पक्राउ परेका यी तीन जनाको खातामा पनि गएको बताए।

‘कराेडौँको रकम यी तीन जनाको खाताबाट कसरी कारोबार भयो। अनलाइन ठगिबाट हो की बैंकको पीएल अकाउन्टबाट आएको हो  वा अन्य स्रोतबाट? अबको अनुसन्धानको विषय यही हो’, थापा भन्छन्।

यस गिरोहमा थुप्रै स्वदेशी र भारतीयसहितको विदेशीको संलग्नता खुलेको प्रहरीको दावी छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?