जोखिमपुर्ण यात्रा : २९ दिनमा २६४ जनाको मृत्यु, पहाडी सडकमा धेरै

जोखिमपुर्ण यात्रा : २९ दिनमा २६४ जनाको मृत्यु, पहाडी सडकमा धेरै
+
-
  • दोलखाको कालिञ्चोक तीर्थयात्रा गएर फर्केको बस आइतबार बिहान सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ। लामोसाँघु – जिरी सडकखण्डको ६ किलो नजिकै बा२ख ४४६८ नम्बरको बस आइतबार बिहान साढे ७ बजे  सडकबाट १५० मिटर तल खसेको थियो। १७ जना घाइते छन्। घटनास्थलमा १२ र उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो।
  • दोलखाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको   बस गत कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो। बस सडकबाट तल सुनकोशी नदीमा खसेको थियो। १५ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो।  ५० जनाभन्दा बढी घाइते भएका थिए। मृत्यु हुने धेरै दोलखाका थिए।
  • सिन्धुपाल्चोकको भीमटारमा गत असोज २४ गते यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो। सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा बिहान करीब १० बजेको समयमा दुर्घटना भएको थियो। ४० जनाभन्दा बढी घाइते भएका थिए। घटनास्थलमै पाँच जनाको ज्यान गएको थियो।  बस सडकबाट ६० मिटर तल खसेको थियो।

पछिल्लो दुई महिनामा सिन्धुपाल्चोकमा मात्र भएका यी तीन ठुला बस दुर्घटना हुन्। यी घटनामा ४३ जनाले ज्यान गुमाए। सयभन्दा बढी घाइते भए। तीनवटै घटनाको समानता भनेको बस सडकबाट तल खसेका थिए। तर दुर्घटनाका घटना सिन्धुपाल्चोकमा मात्र सिमित छैनन्।

मंसिर १२ गते अर्घाखाँचीको सन्धिखर्क नपा- ६ स्थित रातामाटमा यात्रुबहाक बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। दुर्घटनामा १८ जना घाइते भएका थिए। प्रहरीका अनुसार सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस बस सडकभन्दा चार सय मिटर तल खसेको थियो।

त्यसको पाँच दिनपछि बाग्लुङको बडिगाड गाउँपालिका–७, घोपर्नामा भएको जिप दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए। ७ जना घाइते भएका थिए। गुल्मीको इस्मा गाउँपालिका–५, दोहोली रिप कैयापाटाबाट बागलुङको निसी खोला गाउँपालिकातर्फ जाँदै गरेको लु१ज ५२१९ नम्बरको जिप दुर्घटना  भएको थियो। ज्यान गुमाएका अधिकांश गुल्मीका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार मंसिर महिनामा मात्र देशभर २ सय ६४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। मंसिरको २९ दिन(आइतबारसम्म)को अवधीमा सुनसरीमा १०, सिराहामा ११, बारामा १०, चितवनमा ११, बाँकेमा ११ जनाले ज्यान गुमाएका छन्।

सिन्धुपाल्चोकको पछिल्लो दुर्घटनाको कारण प्रहरीले यकिन गर्न सकेको छैन। चालकको अवस्थाबारे समेत प्रहरी बेखबर छ। ‘बसको चालक को हो भन्ने नै यकिन हुन सकेको छैन। मृतक सबैको सनाखत भइनसकेकाले तीमध्ये पनि चालक हुन सक्छन्। केहीले चालक फरार रहेको पनि बताइरहेका छन्’, सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता गणेश खनालले भने। यातायात समितीमा समेत अनुमती नलिई बस रिजर्भ गएका कारण चालकबारे स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक खनालका अनुसार घाइते अवस्थामा रहेका सहचालकले चक्काको हावा कम भएको चाल पाएपछि बसबाट ओर्लँदा ओर्लँदै सडकबाट खसेको बताएका छन्। भक्तपुरको रुटमा चल्ने यात्रुबाहक बस ‘रिजर्भ’ लिएर कालिन्चोक दर्शनका लागि गएको जनाइएको छ। मुडेमा रात बसेर आइतबार बिहान भक्तपुरका लागि छुटेको केही समयमै बस सडकको घुम्तीमा दुर्घटनामा परेको थियो।

यसअघि कात्तिक १७ गते सुकुटेमा भएको बस दुर्घटना ओभर स्पीड, ओभरलोड र ओभर टेकका कारण भएको प्रहरीको निष्कर्श छ। दुर्घटनामा घाइते भएका बसका चालकको उपचारपछि हाल उनी प्रहरी हिरासतमा छन्।

‘दुर्घटना न्युनिकरणका लागि चालकलाई समय समयमा हामी प्रशिक्षण दिइरहेका पनि छौँ। तर दुर्भाग्य, हाम्रै जिल्लामा ठुला दुर्घटनाहरु भइरहेका छन्’, सवारी साधनको यान्त्रिक अवस्था, चालकका लापरबाहीलगायत दुर्घटनाको कारण रहेको उल्लेख गर्दै प्रहरी निरिक्षक खनालले भने।

अर्घाखाँची बस दुर्घटनामा प्रदेश प्रहरीले छानबिन समिती गठन गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पनि समिती गठन भएको छ। प्रदेश प्रहरीले गठन गरेको समितीले प्रतिवेदन बुझाईसकेको  छ।

स्रोतका अनुसार त्यस प्रतिवेदनमा मोडमा राम्रोसँग काट्न नसकेका कारण बस तल खसेको निचोड निकालिएको छ। यातायात व्यवस्था ऐनअनुसार २० वर्षभन्दा पुरानो सवारी साधन चलाउन पाइँदैन।

‘सबैभन्दा बढी सचेत त चालक नै हुनुपर्छ। त्यसपछि सवारीको यान्त्रिक अवस्था पनि ख्याल गर्नुपर्छ। यात्रु आफैपनि सचेत हुनुपर्छ’, ट्राफिक प्रहरीका एक अधिकृत भन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?