चन्द्रगढी विमानस्थल भद्रपुरबाट ताप्लेजुङ उडान, लुक्लाको पनि तयारी

चन्द्रगढी विमानस्थल भद्रपुरबाट ताप्लेजुङ उडान, लुक्लाको पनि तयारी
+
-

झापा- सोमबारदेखि सीता एयरले चन्द्रगढी विमानस्थल भद्रपुरबाट ताप्लेजुङको सुकेटार विमानस्थलसम्म सीधा उडान गर्ने भएको छ।

पाथिभरा मन्दिर दर्शन गर्न भक्तजनलाई लक्षित गरि सुकेटारसम्मको उडान सुरु गर्न लागिएको सीता एयरका भद्रपुरका स्टेसन म्यानेजर राम अधिकारीले जानकारी दिए।

उनले भने, ‘नियमति यात्रु नपाउँदासम्म हामी प्याकेज बनाएर यात्रुलाई सुकेटारसम्म लैजाने योजनामा सोमबार बिहानदेखि उडान सुरु गर्न लागेका हौं।’
डोनियर जहाजबाट उडान गरिने उनले बताए।

नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चूँडालका अनुसार करिब एक साताका लागि ताप्लेजुङ उडानको तालिका बनाइसकिएको छ।
सुकेटार विमानस्थलसम्मको उडान बिहान साँढे ६ बजे राखिएको छ।

पाथिभरा मन्दिर दर्शनका लागि जाने यात्रुका लागि सुकेटार विमानस्थलमा हेलिकप्टरको व्यवस्था गरिएको चूँडालले बताए।

नागरिक उड्डयन प्राधिकरणको चन्द्रगढी विमानस्थल कार्यालयका अनुसार सीता एयरको जहाज विगत केही दिनदेखि चन्द्रगढी विमानस्थलमै रहेर लुक्ला तथा लामिडाँडासम्मको परीक्षण उडान पनि गरिसकेको छ।

लुक्ला विमानस्थलसम्म नियमित उडानका लागि प्रचार गर्न भारतको सिलिगुडीमा स्टलसमेत राखिएको सीता एयरका स्टेसन म्यानेजर अधिकारीले बताए।

उनले भने, ‘यहाँबाट लुक्ला विमानस्थलसम्म उडान गर्नका लागि भारतीय मुख्य ग्राहक हुन्। त्यसैले हामीले सिलिगुडीमा प्रचारका लागि स्टल राखेका छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?