प्रदेश राजधानी सुरक्षित बनाउन ‘कम्युनिटी साइरन’ जडान

प्रदेश राजधानी सुरक्षित बनाउन ‘कम्युनिटी साइरन’ जडान
+
-

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित बनाउने योजना कार्यान्वयन थालिएको छ।

दिनहुँ हुने चोरी, डकैती, लुटपाट र अपराधका घटनालाई न्यूनिकरण गर्न प्रदेश सरकारले विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो।

कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने योजना अन्तरगत शुक्रबार वीरेन्द्रनगरमा कम्युनिटी साइरन जडान गरिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले वीरेन्द्रनगर–६ शान्तिनगरमा उक्त प्रविधि जडान गरेको हो।

समुदायमा साइरन जडान भएसँगै वीरेन्द्रनगरमा अपराधमा न्यूनिकरण हुने अपेक्षा गरिएको छ।

साइरन जडानसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित शहर बनाउने रणनीति अगाडी सारिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए। उनले कर्णली प्रदेशको परिचय बदलिने गरी काम गर्ने बताए। उनले प्रदेश राजधानीलाई सुरक्षित बनाउन पहिलो पटक नयाँ प्रविधि जडान गरिएको बताए।

डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य वीरबहादुर वलीले वीरेन्द्रनगरमा परिषणका लागि पहिलो पटक साईरन जडान गरिएको बताए। उनले अपराध नियन्त्र तथा विपद व्यवस्थापनमा साइरन प्रभावकारी देखिएमा प्रदेशका अन्य जिल्लामा पनि जडान गरिने बताए।

यसरी हुनेछ समुदायको समस्या समाधान
वीरेन्द्रनगरको प्रगतिनगरमा राखिएको साइरनमा उक्त समुदायका ३० घरका ६० जनाको नाम र मोवाइल नम्वर सेट गरिएको छ। साइरनमा सेट गरिएको नम्बरहरुका प्रयोग कर्तालाई विशेष कोड उपलव्ध गराइएको छ। उनीहरुले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक क्रियाकलाप, प्राकृतिक प्रकोप जस्ता घटना भएमा साइरनको उक्त कोड डायल गर्नेछन्। जुन कोडमा प्रगतिनगरका ६० जनाले डायल गर्दा ‘अटो’ साइरनमा प्रेस हुनेछ र साईरन बज्नेछ। साइरन बजेसँगै ६ वटा मोवाइलमा म्यासेजमा जानेछ।

यसमा ५ जना स्थानीयवासी छन् भने एउटा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा म्यासेज जानेगरी साईरन सेटमा जडान गरिएको हो। साईरनबाट प्राप्त म्यासेज भने अंग्रेजिमा हुनेछ। कहाँ, कसले साइरन बजायो भन्ने बारेमा नामसहितको म्यासेज ६ जनाको मोवाईलमा जानेछ।

म्यासेजमा कहाँ, को, मान्छेलाई समस्या प¥यो भन्ने बारेमा समुदायका अगुवा र प्रहरीले जानकारी लिनेछन्। यस्तै समुदायमा समस्याको समाधानका लागि साइरनको घण्टी बज्नासाथ समुदायमा बसोबास गर्ने नागरिकले थाहा पाउनेछन्। समुदायमा बज्ने घण्टीले समुदायमा नागरिक जम्मा हुनेछन् भने म्यासेजले प्रहरी प्रशासन सम्वन्धित घटना स्थलमा पुग्नेछ।

साइरन जडान भएको क्षेत्रमा बसोबास गर्ने नागरिकले समुदायमा कुनै अपराध भए वा आपतकालिन अवस्थामा छिमेकीहरुको एकजुट हुनसमेत सहज हुनेछ। कसैको घरमा आगलागी, मृत्यु, प्राकृतिक प्रकोप वा कुनैपनि समस्या भएमा सरोकारवाला निकाय, छिमेकीलाई गुहार्न समेत साईरनले मद्दत गर्नेछ। साइरन जिल्ला प्रहरी कार्यालयमा म्यासेज (सन्देश) जाने भएकाले सामान्य घटनाको समेत अनुसन्धानमा सहज हुनेछ।

एसएमएस नआएका व्यक्तिहरुले साइरन बजेको सुन्नासाथ घरबाहिर निस्केर टोलको समस्या समाधान र अप्रिय घटनाको सामुहिक प्रतिवाद गर्ने विश्वास लिइएको छ। समुदायमा जुनसुकै समयमा पनि आपत्तविपत पर्न सक्ने भएकाले २४ घण्टै साइरन खुल्ला हुनेछ।
लोडसेडिङ हुँदा साईरन वन्द नहुने गरि आवश्यक व्याट्रि जडान गरिएको छ। उक्त व्याट्रिले करिव ५० घण्टासम्म लोडसेडिङ भएपनि काम गर्न सक्नेछ। साईरन सुरक्षित राख्न कसैले चलाएमा काठमाडौं साईरन जडान कम्पनीमा घण्टी बज्ने व्यवस्था मिलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?