नाटक घर निर्माणका लागि एक व्यक्ति एक इँटा अभियान

नाटक घर निर्माणका लागि एक व्यक्ति एक इँटा अभियान
+
-

झापा– झापाको बिर्तामोडमा बनिरहेको नाटक घरका लागि सबै स्थानीयबासीको अपनत्व होस् भनेर एक व्यक्ति एक इँटाको अभियान सुरु गरिएको छ।

बिर्तामोड–१ मा रहेको देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङको उत्तरपट्टि निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माणका लागि एक व्यक्ति एक इँटाको अभियान थालनी गरिएको हो।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा उक्त नाटक घर निर्माण भइरहेको छ।

बिर्तामोड–१ का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै ६ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर गत असार ११ गते निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि एक करोड २४ लाख रुपैयाँ आवश्यक रहेको मध्ये करिब ३१ लाख बराबरको निर्माणकार्य सम्पन्न भइसकेको नाटक घर व्यवस्थापनका सचिव माधव कल्पितले जानकारी दिए।

उनले सबैको साथ र सहयोग बिना बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले धनी, गरीब सबैले मेरो झापा नाटक घर भनेर गर्व गर्न लायक बनाउन एक व्यक्ति एक इँटा अभियान सुरु गरिएको बताए।

झापा क्षेत्र नं. २ की संघीय सांसद पवित्रा निरौला खरेलले सांसद विकास कोषबाट विनियोजन गरेको १५ लाख र प्रदेश सांसद एकराज कार्कीले सांसद विकास कोषबाट विनियोजन गरेको १० लाख रुपैयाँ गरी जम्मा २५ लाख रुपैयाँले निर्माण कार्य सुरु गरिएको कल्पितको भनाइ छ।

झापा नाटक घर निर्माण समितिको आह्वानमा सुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा बिर्तामोडका नौ जना युवा सम्मिलित एउटा संस्था एक्टिभ नाइनले दोस्रो स्थापना दिवसको अवसर पारेर नौ थान इँटा प्रदान गरेको एक्टिभ नाइनका अध्यक्ष गोबिन्द निरौलाले बताए। श्रीराम इँटा उद्योगका सञ्चालक घनश्याम तिम्सिनाले तीन हजार इँटा प्रदान गरेका छन्।

एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको झापा नाटक घर ८० फिट लम्बाई र ७० फिट चौडाइको रहने र नाटक घरभित्र दर्शक प्रेक्षालय, कलाकार आवास गृह, भोजनालय, कार्यालयसहित तीन सय ५० जना दर्शक क्षमता भएको भवन रहने कल्पितले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?