
‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने मुल नाराका साथ बुधबार पाँचौँ राष्ट्रिय योग दिवसका मनाइँदै छ। अघिल्ला वर्षहरु जस्तै यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रम गरेर योग दिवस मनाइने छ।
सरकारले मन्त्रिपरिषद्को निर्णयबाट २०७२ सालमा १ माघ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेपछि यसलाई सर्वव्यापि रुपमा मनाउन लागिएको हो। तर २१ जुनमा भने अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। यस अर्थ नेपालमा वर्षमा दुई पटक योग दिवस मनाउने गरिन्छ।
योग आध्यात्मिक साधनाका लागि सबैलाई आवश्यक भएको विज्ञहरुले बताउँदै आएका छन्। तर पछिल्लो समय नेपालमा योगा भनेको योग हो भन्नेको संख्या पनि कम छैन।
त्यसैगरी योगले मानिसलाई तन्तुरुस्त राख्ने एक उपयुक्त माध्यम भएको विज्ञहरुले दाबी गर्दै छन्। यही विषमा केन्द्रित रहेर डा. नेत्र आचार्यसँग गरिएको कुराकानीः
सामान्य रुपमा बुझ्नु पर्दा योग भनेको के हो?
योग भनेको साधना हो। यो साधना भित्र तन्त्र पनि आउन सक्छ। ध्यान पनि आउँछ। तपस्या पनि आउँछ। व्यायामहरु पनि आउँछ। आफ्नो शरीरको शुद्धता एउटा अनि मनको शुद्धता अर्को भयो। यही मन र शुद्धताको अभ्यास गर्ने गरिन्छ योगमा। ‘यम’ भनेका पाँचवटा छन्, ‘नियम’ भनेका पनि पाँचवटै छन्।
संस्कृतमा मनको चञ्चलता रोक्नुलाई योग भनिन्छ। मनलाई स्थिर राख्न सिक्ने अभ्यास योग हो। अनि सबै भन्दा ठूलो कुरा आफ्नो काममा कुशलता ल्याउन नै योग हो।
योग गर्दाका फाईदा के–के छन्?
सबै भन्दा पहिला योग गर्दा शरीरलाई ‘फिट’ गराउँछ। अर्थात शारीरिक रुपमा तन्दुरुस्त अनि मानसिक रुपमा स्वस्थ बनाउँछ। चेतनाको रुपले आफूलाई र अरुलाई एकै देख्न थालिन्छ।
शारीरिक रुपको कुरा गर्ने हो भने उच्च रक्तचाप, घुँडा दुख्ने, पेटका समस्या, टाउको दुख्ने जस्ता विभिन्न कुरालाई कम गर्ने काम योगले गर्छ। कुनै पनि ‘साइड इफेक्ट’ बिना नै योगले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ। मानिस अत्यन्तै भ्रष्ट छ। जसलाई यागको माध्यबाट कम गर्न सकिन्छ।
योगमा कति चरण छन्?
यसमा ८ वटा चरण छन्। योग भन्ने बित्तिकै धेरैको बुझाईमा आसन भन्ने छ। आसन मात्रैलाई योग भन्न मिल्दैन। कुनै व्यक्तिले योग आसन गर्न जान्यो भने उसलाई योग गुरु भन्न मिल्न। यस सम्बन्धी संकृतका ग्रन्थ उल्लेख गरिएको छ, जुन सैद्धान्तिक ज्ञान उनीहरुमा छैन।

डा. नेत्र आचार्य
रामदेवले पनि एक–दुई हप्ता सिकाएर गोग गुरु बनाइदिन्छन्। २०–२२ वटा आसन गर्न जान्दैमा गुरु हुन त विकृति हो। यही कुरालाई सच्याउनका लागि योग शिक्षाको आवश्क छ। र आगामी वर्षदेखि योग शिक्षा सुरु गरिँदै छ। जुन हाम्रा लािग एकदमै खुसीको कुरा हो।
योग र योगामा के फरक छ?
यहाँ दुखद पक्ष के छ भने हामीले हाम्रो संस्कृतिमा योग भन्ने गरिन्थ्यो। तर विदेशीहरुले योगा भन्न थाले। विदेशीले बुद्धलाई बुद्धा, कुष्णालाई कृष्णा भन्छन्।
उनीहरुले यो संस्कृति अपनाउन थाले पछि, विदेशीले समेत गर्न थाले भनेर हामीले पनि योगा गर्ने भन्दै आएका छन्। यो मानिसहरुको अज्ञानताको पराकाष्ठ भन्न रुचाउँछु म त।
आफूसँग भएको चिजको मुल्य थाहा नपाएर विदेशीहरुले गरेको देखेपछि मात्र देख्ने वा सिक्ने।
योगले रोग निको पार्छ भन्ने जनमानसमा बुझाई छ नि?
यो एकदमै सत्य हो। उदहारणका लागि म आफै एउटा त्यस्तो व्यक्ति हुँ। मलाई ‘ब्याक पेन, एसिडिटी, चिसोको एलर्जी’ हुन्थ्यो, मैले योग गरेपछि यो सबै समस्या ठिक भएका छन्। अहिले १२–१३ वर्ष भयो। फेरि देखा परेका छैनन्, ती समस्या।
मुख्य समस्या यस्तै त हुन् नि। उच्च रक्तचाप, मधुमेह जस्ता रोग कम गर्नका लागि योगले धेरै सहयोग गर्छ।
योग शिक्षा किन आवश्यक छ?
योगमा धेरै कुरा छ। देशलाई सबै भन्दा पहिला चाहिने भनेकै स्वास्थ्य हो।
योग भनेको एउटा आध्यात्मिक साधना हो। जुन स्वास्थ्य भन्दा पनि माथि छ। उसको महत्व के छ भने समाजमा जब–जब विकृति हुन्छ।
देशमा भ्रष्टाचार, बलात्कार जस्ता विकृति छन्। यी कसरी आए भन्दा अरुलाई बुझ्ने ज्ञान नभएर हो। जुनसुकै मानिसले सबै भन्दा पहिला म शरीर मात्रै होइन भनेर बुझ्न जरुरी छ। सुख र दुःख बाहेक संसारमा केही छैन भन्ने सोचिरहेका हुन्छौँ।
यो सबै अज्ञानका कारण भएको हो। योगलाई आध्यात्मिक रुपले बुझ्ने हो भने योग आफूलाई बुझ्ने आत्मा अर्थात चेतना हो। ममा जे चेतना छ, अर्को व्यक्तिमा पनि त्यही चेतना छ भनेर बुझ्ने हो भने समाजका सबै विकृति हराएर जान्छन्। यो सबै बुझ्न सिकाउने योग हो। त्यसैले यसलाई पाठ्यक्रममा रुपमा विस्तार गर्न अति नै आवश्यक छ।
राष्ट्रिय योग दिवस मनाउनुको मुख्य उद्देश्य के हो?
दिवस मनाउनुको मुख्य उद्देश्य भनेकै मानिसलाई सचेत बनाउनु हो। दिवस नै मनाउने भनेपछि विभिन्न कार्यक्रमहरु हुन्छन्। कार्यक्रममा वक्ताहरु बोल्छन्। थाहा नभएको कुरा थाहा पाइन्छ। सचेतना फैलिन्छ, मानिसहरुले योग भनेको संस्कृति रहेछ भनेर बुझछन्। हामीले यसलाई बिर्सेका रहेछौँ र चार्ड पर्वलाई मात्र संस्कृति भन्यौ।
योग, ध्यान, तपस्या, साधना हाम्रो संस्कृति हुन्। यिनीहरुले हामीलाई असल बनाउँछ। मोरल बनाउँछ।
हाम्रा संस्कृतिका मुख्य अंग भनेकै योग, ध्यान, तपस्या, साधना हुन्। मानिसहरुको बुझाईमा पूर्णता ल्याउन पनि योग दिवस सुरुवात गर्नु परेको हो।
अन्तर्राष्ट्रिय र राष्ट्रिय गरी योग दिवस वर्षमा दुईपटक किन मनाइन्छ? एकै दिन मनाउँदा हुँदैन?
यसलाई दुईपटक मनाउँदा फाइदा नै हुन्छ। कसेकम ६–६ महिनामा मानिसले योगका बारेमा बुझ्छन्। जान्न खोज्छन्।
अनि फेरि राष्ट्रिय तह र अन्तर्राष्ट्रिय तहमा यो दिवस मनाउनुको मज्जा बेग्लै हुन्छ नि।