
झापा– त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त सह प्राध्यापक डा. द्रोणकुमार उपाध्यायको निधन भएको छ। उनको झापाको चन्द्रगढीस्थित निवासमा बुधबार बेलुका निधन भएको मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले जानकारी दिए।
डा. उपाध्यायले मेची बहुमुखी क्याम्पस भद्रपुरमा लामो समय नेपाली विषय प्राध्यापन गरेका थिए। पाँच वर्ष अघि उनी सह प्राध्यापकबाट सेवा निवृत्त भएका थिए।
लामो समयदेखि उनी प्यानक्रियाजको क्यान्सरबाट पीडित थिए।