झापा गोल्डकपको अन्तिम चारमा मनाङ

झापा गोल्डकपको अन्तिम चारमा मनाङ
+
-

विर्तामोड- मनाङ मर्स्याङदी क्लब काठमाडौं तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। टाइ ब्रेकरमा मनाङलेले सहारा क्लब पोखरालाई ४-३ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।

निर्धारित समयमा खेल गोल रहित बराबरीमा पुगेपछि अन्तिम निर्णयका लागि टाइ ब्रेकरको सहारा लिनु परेको थियो।

विर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी उक्त गोल्डकप प्रतियोगिताको मंगलबारको खेलको शुरुवातदेखि नै सहारा मनाङको दबाबमा थियो।

मनाङले उक्त मौका पहिलो हाफको अन्तसम्म बारम्बार चुकाएको थियो। पहिलो हाफसम्ममा दुवैतर्फबाट कुनै गोल हुन सकेन। दोस्रो हाफमा पनि सहाराले पाएको केही मौका गोलमा परिणत हुन सकेन। मनाङका खेलाडीका कैयौं पटक गोल गर्न चुकेका थिए।

मंगलबारको खेलको म्यान अफ द म्याच मनाङका अञ्जन विष्ट घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बुधबारको खेल रमपम झापा ११ र भारतको सिक्किम युनाइटेड क्लब विच हुने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार 

आयोजक झापा ११ को विजयी शुरुवात, क्वाटर फाइनलमा प्रवेश

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?