विर्तामोड हत्याकाण्ड

स्थानीयबासीको गम्भीर लापरवाहीः प्रहरी

स्थानीयबासीको गम्भीर लापरवाहीः प्रहरी
+
-

झापा – विर्तामोड नगरपालिका २ चारपाने चोकदेखि करिब २ सय मिटर दक्षिणमा विभत्स हत्याकाण्डका हत्यारा पत्ता लगाउन स्थानीयबासीकै लापरवाहीले समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ।

विभत्स ढंगले हत्या गरेर जलाएको अवस्थामा खेतमा मंगलबार बिहान एक व्यक्तिको शव फेला परेको थियो। तर उक्त व्यक्त को हुन् भन्नेमा प्रहरीले अनुसन्धान गरेर करिब टुंगोमा पुग्न लागिएको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

जब मंगलबार बिहान प्रहरीलाई खबर भयो उक्त घटना भएको ८ घन्टा बितिसकेको थियो। राति परालमा आगो लागेको पराल धनीले थाह पाएका थिए। तर उनले त्यो बेला न प्रहरीलाई खबर गरे न आगो निभाउन दमकललाई। प्रहरी उपरीक्षक रिजाल भन्छन्, ‘एउटा सानो झगडामा त प्रहरीलाई खबर गरिन्छत्यत्रो परालमा आगो लाग्दा खबर किन गरिएनस्थानीयबासीको गम्भीर लापरवाही देखिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार करिब साढे आठ बजे मात्र उक्त घटनाबारे जानकारी आएको थियो। खबर पाए लगत्तै प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान थाल्यो। तर जलाइएका मानिसको शव चिन्न सकिने अवस्था थिएन। केही टाढा उनको लिंगसमेत काटेर फालेको प्रहरीले पायो। घटनास्थल छेउमा निकै ठूलो घम्साघम्सी भएको प्रमाण पनि प्रहरीले फेला पार्यो। तर प्रहरीको प्रश्न छ, ‘त्यत्रो घटना हुँदा खबर किन गरिएन?’

हत्याकाण्ड हुन अघि चारपाने निवासी रहमान शेखका ज्वाइँ पनि हराएका कारणले रहमानसहित उनकी श्रीमती पारुका शेख र छोरी सुष्मा शेखलाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लियो।

बयानका क्रममा ससुरालीमा बस्दै आएका सोहान नाम गरेका भारतीय नागरिक करिब डेढ महिनादेखि छुट्टै कोठा लिएर बस्दै आएका थिए।

घटनास्थलमा भेटिएका केही प्रमाण हेर्दा हत्या गरिएका व्यक्ति तिनै भारतीय नागरिक हुन् भन्नेमा प्रहरी करिब टुंगोमा पुग्न लागेको छ। तर घटनाको अर्को पाटो छ, ‘उनलाई त्यसरी विभत्स तरिकाले हत्या गर्नुपर्ने कारण के?’ उनी सामान्य खेतीपाती तथा मजदुरी गर्ने व्यक्ति भएको प्रहरीको भनाई छ।  

जलेका व्यक्तिको हुलिया खुल्न नसकेकाले संघीय इकाई प्रहरी कार्यालय घरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको थियो। स्थानीयबासी ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमवार राति १२ बजेदेखि आगो लागेको थियो। प्रहरीको दाबी छ, ‘राजवंशीलाई आगो लागेको कुरा मध्यरातमै थाह थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?