सुखानी शहीद स्मृति दिवस

झापा विद्रोहका नेता कोही डिप्रेसनमा गए, कोही बेपत्ता भए

झापा विद्रोहका नेता कोही डिप्रेसनमा गए, कोही बेपत्ता भए
+
-

झापा – तीन दिनदेखि हराएका तत्कालीन नेकपा माओवादीबाट संविधानसभा सदस्यमा झापाको क्षेत्र नं १ बाट निर्वाचित धर्म घिमिरे मंगलबार भारत पश्चिम बंगालको बागडोग्रा नजिक सडकमा मृत भेटिए।

परिवारका सदस्यका अनुसार उनी विगत केही वर्षदेखि डिप्रेसनको औषधि खाइरहेका थिए। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी निर्वाचित भएका थिए।

२०२८–२९ सालको झापा विद्रोहमा उनी लडाकु थिए। त्यसैको मूल्यांकन गर्दै तत्कालीन माओवादीले उनलाई संविधानसभा सदस्यमा उम्मेद्वार बनाएको थियो। सुखानीका शहीदहरुले सहादत प्राप्त गरेकै दिन आज उनको अन्तिम संस्कार हुँदैछ।

वि. सं. २०२३ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका ७५ वर्षीय घिमिरेले झापा विद्रोहका क्रममा पक्राउ परेका ९ वर्ष चरम यातनासहित जेलको सजाय भोगेका थिए। झापाका बिद्रोहीले गरेको चर्चित नख्खु जेलब्रेक गर्नेहरुमध्ये उनी एक थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयात्री थिए।

झापा विद्रोहकै अर्का नेता योद्धा डिकेन्द्र राजवंशीले बल्खुस्थित तत्कालिन नेकपा (एमाले) को मुख्यालयमा गएर आत्महत्या गरे।

तत्कालीन एमालेका नेताहरुको उपेक्षाका कारण उनले आत्महत्या गरेको टिप्पणी भए।

आफ्ना छोरा शम्भुको रोजगारीको व्यवस्था होस् भनेर नेताहरुलाई भेट्न गएका डीकेन्द्रले सबै नेताहरुबाट नकारात्मक जवाफ मात्र पाएको भनेर पार्टी नेतृत्वको आलोचना भयो।

आफ्ना भाइ, भतीजा, भान्जा, भान्जी र सालालाई जागिर खुवाउने तत्कालिन नेकपा एमालेका नेताहरूले क्रान्तिकारी योद्धाको घोर अपमान गरेको भनेर सवत्र आलोचना भयो।

२०२८ सालबाट सुरु भएको झापा विद्रोहका बेला नेकपा मालेबाट राजनीतिमा होमिएका डिकेन्द्रले बामपन्थी नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा उनलाई ९ वर्ष जेल चलान गरिएको थियो।

झापा आन्दोलनकै अर्का अगुवा नेता हर्क खड्का करिब एक वर्षदेखि बेपत्ता छन् । परिवारका सदस्यका अनुसार उनी काठमाडौँ जाने भनेर घरबाट निस्किएका थिए।

खड्का बेपत्ता हुन अघिदेखि नै देशको राजनीतिक स्थितिलाई लिएर विचलित थिए।

उनी विगतमा एमाले र पछि एमाओवादी केन्द्रबाट उपेक्षित बनेका थिए। आर्थिक अवस्था कमजोर भएका कारण घरबार चलाउनसमेत उनलाई गाह्रो भएको थियो। माओवादी सशस्त्र संघर्षका बेला उनले लामो समय भूमिगत राजनीति गरेका थिए।

२०२४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बनेका खड्का २०२५ र २०२६ सालमा तत्कालिन राज्य सत्ताले पक्राउ गरेको थियो।

पहिलोपटक ५ दिन र दोस्रोपटक १७ दिन थुनामा बसेर निस्किएका थिए। उनी त्यही बेलादेखि नै भूमिगत राजनीतिमा थिए।

हर्क खड्का २०२८ सालमा भएको झापा विद्रोहमा शत्रु सफाया अभियानका अगुवा थिए।

धुलाबारी बजारमा सानो छाप्रोमा बसोबास गर्ने झापा विद्रोहका अर्का योद्धा सानो दुर्गा अधिकारीको जीवन अत्यन्तै कष्टपूर्ण छ।

जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाइ गर्ने सानो दूर्गा अधिकारीले १७ वर्ष जेल जीवन बिताए।

उज्यालो हुञ्जेल उनी आँखा देख्छन्, तर राति कृत्रिम उज्यालोमा उनका आँखाले काम गर्दैनन्।

झापा विद्रोहमा लागेका र १४ वर्ष जेल जीवन बिताएकाका केपी शर्मा ओली इतिहासकै शक्तिशाली सरकारको बागडोर सम्हालिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको शक्तिशाली सरकार छ। तर झापा विद्रोहका अग्रपंक्तिका नेता तथा कार्यकर्ताहरु कोही डिप्रेसनमा गएर मृत्यु वरण गरे त कोही बेपत्ता भए।

झापाका पुराना बामपन्थी नेता तथा संविधान सभा सदस्य मनकुमार गौतम झापा विद्रोहका अगुवाहरुको यो हाल सुन्दा र देख्दा दुःख लागेको बताउँछन् ।

उनी भन्छन्, ‘खै के भनौँ, पार्टी शक्तिशाली छ तर जुन जगमा नेपालको बामपन्थी आन्दोलन उठ्यो तिनै कार्यकर्ताको हालत यस्तो छ।’

२०२९ साल फागुन २१ झापा विद्रोहका नेताहरु नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा गोली हानी हत्या गरिएको थियो।

झापाको सालबारीमा रहेको २०२९ साल फागुन २१ मारिएका वामपन्थी नेताहरु नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहालको शालिक।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?