कोरोना भाइरसले खाने भो तराईको होली पनि (तस्बिरहरु)

कोरोना भाइरसले खाने भो तराईको होली पनि (तस्बिरहरु)
+
-

झापा- झापा विर्तामोडका व्यापारी कृष्ण शाह सोमबार बिहानैदेखि विर्तामोडको मुक्ति चोकमा होलीमा लगाइने टिसर्टको स्टल राखेर बसिरहेका थिए। तर ग्राहक नआएका कारण उनको बेच्न राखेको कपडा बिकेको थिएन।

बल्ल तल्ल केही टिसर्ट बेचेर करिब तीन हजार रुपैयाँ संकलन गरेको उनले बताए।

शाहले भने, ‘पोहोर साल अहिलेसम्म करिब १० हजार रुपैयाँ बेचेको थिएँ। आज त मान्छे नै छैनन् किन्ने।’

उनको मात्र होइन, होलीका साम्रागी प्रायः व्यापारीहरुको हालत उही छ। कोही व्यापारी त बाटोनै छेकेर सामान बेच्न खोजिरहेका थिए। तर मान्छेको ध्यान ती सामाग्रीमा थिएन।

केही मानिसहरु भनिरहेका थिए, ‘अब अर्को बर्ष खेलौंला।’

अर्का व्यापारी अमरजित शाहले यसपालीको बिक्री आधा पनि नभएको बताए। उनलाई लगानी डुब्ला कि भन्ने चिन्ता छ।

अमरजितले भने, ‘यसपाली त कोरोनाले खायो होली। आधा पनि बिक्री छैन पोहोरको तुलनामा।’

अर्का व्यापारी रितेश शाह पनि पिच्करी, रङ तथा अबीर बेच्न बिहानदेखि बसेका भेटिए। उनको पनि हालत अन्य व्यापारीको जस्तो भएको उनले सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?