
काठमाडौँ- सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बांग्लाको विमानमा ३३ जना नेपाली रहेको पुष्टि भएको छ।
विमानमा चालकदलका ४ सहित ७१ जना यात्रु रहेकोमा त्यसमध्ये ३३ जना नेपाली भएको विमानस्थल अधिकारीले पुष्टि गरेका छन्।
टावरले ‘एनी प्रोब्लेम’ भनेर सोध्दा पाइलटले ‘नो’ भनेका थिए
त्यसमध्ये केही नेपाली विद्यार्थीसमेत छन्। त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बांग्लाको विमान आगलागीले ध्वस्त भएपछि अहिलेसम्म मृत्यु भएका ३० जनाको शव निकालिसकिएको छ। गम्भीर घाइतेहरुलाई राजधानीका विभिन्न अस्पताल पुर्याइएको छ। अधिकांश यात्रुको अवस्था ‘दुखद्’ रहेको विमानस्थलमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।
त्रिभुवन विमानस्थलका सबै उडान रद्द
केही यात्रुका शव केएमसीमा, केही नेपाली विद्यार्थी पनि परे
हामीले ३० शव निकालिसक्यौँ : उच्च सुरक्षा अधिकारी
विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’
विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका