कोरोना संक्रमणको आशंकामा झापामा एकजना आइसोलेसनमा

कोरोना संक्रमणको आशंकामा झापामा एकजना आइसोलेसनमा
+
-

झापा– भारतसँग सीमा जोडिएको पूर्वी नेपालको झापामा ज्वरो आएका तथा घाँटीमा समस्या भएका एक जनाको आइसाेलोसनमा राखेर उपचार भइरहेको छ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले विश्वका अधिकांश मुलुक आक्रान्त भइरहँदा सीमावर्ती झापामा काेराेना संक्रमणकाे आशंकामा एक जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको हो।

बनियानी झापाका एकजनाको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए।

उनको थ्रोट स्वाब परीक्षणका लागि शुक्रबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको छ। परीक्षणको रिपोर्ट आइतबार मात्र आउने डा. ठाकुरले बताए।

झापाकाे मेचीनगर तथा भद्रपुरमा शंकास्पद बिरामी तथा उनीहरुका नजिकका तथा सम्पर्कमा आएका व्यक्तिहरुका लागि राखिने स्थान क्वारेन्टाइनमा अहिलेसम्म कोही पनि बस्नु नपरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

उनले भने, ‘अहिलेसम्म कसैलाई पनि राख्नु परेको छैन। राख्नु परे स्थान तयार छ।’

८३ हजार जनाको ज्वरो नापियो


गत फागुन २५ गतेदेखि चैत ८ गते शनिबारसम्म पूर्वी नाका काँकरभिट्टामा करिब ८३ हजार मानिसको ज्वरो मापन गरिएको छ।

ज्वरो आउनेमा अधिकांश भारतीय नागरिक छन्। उनीहरुमा उच्च ज्वरो देखिना साथ भारततिरै फिर्ता गर्ने गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केहीलाई सामान्य ज्वरो आएको देखिएपनि भारततिरै फर्काइने गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?