नेपाल आएको छ दिनपछि बल्ल पुष्टि भयो युवतीको संक्रमण, यसबीच कस-कसलाई भेटिन्?

नेपाल आएको छ दिनपछि बल्ल पुष्टि भयो युवतीको संक्रमण, यसबीच कस-कसलाई भेटिन्?
+
-

काठमाडौँ– सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ। भाइरसको संक्रमित हुने १९ वर्षीया युवती हुन्। उनी फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी थिइन्।

कतारको दोहाबाट काठमाडौँका लागि कतार एयरलाइन्समार्फत चैत ४ गते उनी त्रिभुवन विमानस्थल आइपुगेकी थिइन्। विमानस्थलमा उनको ज्वरो नाप गरियो। तर त्यो समयमा उनको तापक्रम १००.४ फरेन्हाइट भन्दा कम भएका कारण विमानस्थलबाट उनी सिधै घर पुगिन्।

संक्रमित देशबाट फर्किएका कारण साबधानी अपनाउन उनी घर फर्केलगत्तै ‘होम क्वारेन्टाइन’मा बसिन्।

युवतीले आफू संक्रमित भएको थाहा पाउन्जेलसम्म उनी नेपाल आएको ६ दिन भइसकेको छ। यो ६ दिनको अवधिमा उनले क–कसलाई भेटिन् भन्ने पहिचान भने भइसकेको छैन। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले युवतीको सम्पर्कमा आएका सबैको पहिचान गर्न सुरु गरेको बताएका छन्। सोमबार मन्त्रालयले चार जना स्वास्थ्य अधिकारीको टोलीलाई युवतीको घरमा खटाई उनको सम्पर्कमा आएका आफन्त, साथी, छिमेकीका बारेमा जानकारी लिन थालेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार संक्रमित युवतीमा अहिले कोरोना भाइरसका लक्षण देखिएका छैनन्।

संक्रमणको जोखिम उनका अभिभावक, आफन्त, साथीभाइ, छिमेकी मात्र नभएर उनीले यात्रा गरको विमानमा रहेका व्यक्ति, विमास्थलमा आवागमनमा उनीसँग ठोक्किएका व्यक्तिसम्म पुगेको छ। उनी चढेको जहाजको सिट क्षमता ३ सय जनाको भए पनि त्यस दिन विमानमा २ सय ५ जना यात्रु थिए।

उनीसँगै यात्रा गरेका २ सय ५ जना व्यक्तिको पहिचान गरी नमूना परीक्षण गर्नुका साथै सबैलाई क्वारेन्टाइनमा राख्न जरुरी छ। उनीहरुको पहिचान गर्ने काम सुरु गर्नुका साथै उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्नका लागि तयारी गरिएको मन्त्री ढकालले बताए।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हावामा नफैलिने बताउँदै आइरहेको छ। त्यस्तै जथाभावी हात नमिलाउन, बेला–बेला सबुन पानीले हात धुन वा सेनिटाइजर प्रयोग गर्न, खोक्दा वा हाछ्यूँ गर्दा कुइनोले छेक्न, सोसल डिस्ट्यान्सिङ मेन्टेन गर्न सबैलाई सुझाब दिइरहेका छन्। साबधानी अपाउँदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने चिकित्सकले बताएका छन्।

यो पनि पढ्नुहोस्

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?