
झापा– कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित किशोरीसँगै गत चैत ४ गते कतार एयरवेजबाट नेपाल आएकामध्ये झापाका एकजना आइसोलेसनमा र अर्का जना सेल्फ क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आइसोलेसन राखिएका मेचीनगर नगरपालिकाका बासिन्दा हुन् भने सेल्फ क्वारेन्टाइनमा रहेका विर्तामोड नगरपालिकाका बासिन्दा हुन्।
उनीहरु चिकित्सकको निगरानीमा रहेको र कोभिड १९ को संक्रमणको लक्षण देखिए तुरुन्त अस्पताल भर्ना गरेर स्वाब परीक्षण गरेर उपचार गर्ने व्यवस्था मिलाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।