यातायातका साधन नहुँदा परीक्षणका लागि नमूना पठाउन असहज

यातायातका साधन नहुँदा परीक्षणका लागि नमूना पठाउन असहज
+
-

झापा- कोरोना भाइरस कोभिड-१९ का शंकास्पद संक्रमित बिरामीको स्वाब प्रयोगशालामा पठाउन अन्यौल श्रृजना भएको छ।

विमान सेवा बन्द भएपछि स्वाब नमूना संकलन गरे पनि प्रयोगशालामा पठाउन गाह्रो हुने गरेको मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए।

उनले केही दिन अघि धरानबाट एउटा एम्बुलेन्स काठमाडौं जाने भएकाले नमूना प्रयोगशाला पठाइएको बताए।

उनले भने, ‘अब नमूना पठाउँदा कसरी पठाउने भन्ने चिन्ता छ। सुन्दैछु, विराटनगरबाट दैनिक एउटा उडान हुने भएको छ रे नमूना संकलनकै लागि। छिटो निर्णय भए हुन्थ्यो।’

भारत तथा अन्य मुलुकबाट आएकाको गाउँ गाउँमा खोजी

भारत लगायत अन्य मुलुकमा रोजगारीका लागि गएका र केही समय यता घर आएकाको गाउँ/गाउँमा खोजी गर्ने काम तीब्र बनाइएको छ।

नेपाल प्रहरीका युनिट तथा स्थानीय तहका पदाधिकारी गाउँ/गाउँ पसेका छन्।

नेपाल प्रहरीले २ सय २६ जनाको सूचि तयार गरेर उनीहरुलाई आइसोलेसन्, होम क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा राखिसकेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै विदेशबाट आएका मानिसहरुलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरेका छन्।

साथै स्थानीय तहद्वारा निर्मित टोल विकास संस्थाहरुलाई विदेशबाट आएकाहरुको खोजी गर्न अगुवाई गरिदिन उनले आग्रह गरेका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?