
झापा- झापाको कन्काई नगरपालिका वार्ड नं ३ स्थित कन्काई उद्योग वाणिज्य संघको भवनमा ११ बेडको क्वारेन्टाइन स्थल बनाइएको छ।
कोरोना भाइरस कोभिड १९ का शंकास्पद संक्रमितलाई राख्नका लागि क्वारेन्टाइनस्थल निर्माण गरिएको कन्काई उद्योग वाणिज्य संघले जनाएको छ।
विपद व्यवस्थापन समितिको संयोजनमा उक्त स्थलको निर्माण गरिएको उद्योग वाणिज्य संघ सुरुंगाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए।
त्यसैगरि नगरपालिका कार्यालयले २१ बेड क्वारेन्टाइनस्थल दुर्गापुरमा बनाएको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।
उनले शंकास्पद विरामीलाई पहिला २१ को क्वारेन्टाइनमा राख्ने र त्यहाँ नअँटाएको खण्डमा अन्यत्र लैजाने बताए।
नगर क्षेत्रकै लक्ष्मीपुरमा पनि ८ बेडको क्वारेन्टाइन बनेको उनले बताए।