
झापा- मोरङको विराटनगरमा रहेको नोवेल अस्पताल कोरोना भाइरस संक्रमित विरामीका लागि उपचार गर्न सरकारलाई दिइने घोषणा भए लगत्तै झापाको विर्तामोडमा रहेको विएन्डसी अस्पताल पनि सरकारलाई दिइने उक्त अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका छन्।
प्रसाईंले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले पीपीईलगायत कोरोना परीक्षण गर्ने किटको व्यवस्था गरेर भएका स्वास्थ्यकर्मीको व्यवस्थापन गरि सञ्चालन सक्ने जनाएका छन्।
एक सयवटा आइसियु बेड, २५ वटा भेन्टिलेटर, ८ वटा सामान्य बेड रहेको उक्त अस्पताल कोरोना संक्रमित बिरामीका लागि उपचार गर्ने अस्पताल प्रयोग गर्न दिइने प्रसाईंले बताएका हुन्।