झापाका निजी अस्पतालहरुको अमानवीय हर्कत

विरामी गेटबाटै फर्काएपछि जिल्ला विपद समितिले दियो २४ घन्टा खुल्ला राख्न निर्देशन

विरामी गेटबाटै फर्काएपछि जिल्ला विपद समितिले दियो २४ घन्टा खुल्ला राख्न निर्देशन
+
-

झापाकोरोना भाइरस संक्रमणको त्रास बढिरहँदा झापाका निजी अस्पतालहरुले विरामी गेटबाटै फर्काइदिने गरेका घटना सार्वजनिक भएका छन्।

झापाको ठूलो ठानिएको विएण्डसी अस्पतालले पनि मान्छे लगाएर जबरजस्ती मूल गेटबाटै विरामी फर्काइदिएको विरामीका अभिभावकहरुले गुनासो गरेका छन्।

खासगरि ज्वरो आएका विरामीहरु अस्पतालमा पस्नै नदिने नीति झापाका निजी अस्पतालहरुले लिएका छन्। सरकारी अस्पतालमा अहिले कोरोना भाइरसका शंकास्पद विरामी राख्ने गरिएका कारण अन्य विरामी निजी अस्पताल जानु पर्ने बाध्यता छ।

तर निजी अस्पतालले ज्वरो आउने जोसुकैलाई सरकारी अस्पताल जानु भन्ने गरेका छन्। जबकि शरीर अस्वस्थ हुने वितिक्कै पहिलो लक्षण हो ज्वरो आउनु।

शुक्रबार झापाको विर्तामोडमा रहेका मनमोहन तथा अञ्जली अस्पतालले पनि बिरामीलाई छिर्न दिएनन्।

बिर्तामोड ११ का डेढ बर्षीय बालक अस्मिन भाररतीलाई लिएर दिउँसो बिएण्डसी अस्पताल जाँदा मूल गेटबाटै बिरामी फर्काइएको थियो।

उक्त विरामीलाई मनमोहन तथा अञ्जली अस्पताल लैजाँदा कुनैले पनि जाँच गर्न मानेनन्। अहिले बिरामी बालक घरकै ओछ्यानमा लड्न बाध्य छन्।

त्यस्ता कैयौं बिरामीलाई ती अस्पतालहरुले फिर्ता गरिदिए जस्लाई तत्काल उपचार चाहिएको छ।

झापाका ठूला भनिएका अस्पतालहरुले बिरामी फिर्ता गर्न थालेपछि जिल्ला विपद व्यवस्थापन समितिले बिरामीको उपचारका लागि २४ सै घन्टा खुल्ला राख्न शनिवार निर्देशन दिएको छ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले शनिवारदेखि नै निजी अस्पताल जुनसुकै बिरामीका लागि खुल्ला राख्न र फिवर (ज्वरो) क्लिनिक सञ्चालन गर्न निर्देशन दिइएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?