कोरोना भाइरस संक्रमणका कारण भारतको सिलिगुडीमा नेपाली भाषी महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण भारतको सिलिगुडीमा नेपाली भाषी महिलाको मृत्यु
+
-

झापा- भारत पश्चिम बंगालको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी एक जना नेपाली भाषी महिलाको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

उनी कालिम्पोङ निवासी हुन्। ४४ बर्षिया ती महिला केही समय अघि भारतको चेन्नइ गएकी र फर्केर आए लगत्तै कोरोना भाइरस संक्रमणका लक्षणहरु देखा परेपछि नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

गत शनिवार प्राप्त उनको रिपोर्टमा कोरोना भाइरस कोभिड-१९ संक्रमण भएको उल्लेख गरिएको थियो।

उनी गत मार्च ७ तारिक चेन्नइ गएर मार्च १९ तारिक कालिम्पोङ फर्किएकी थिइन्।

ती महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्ने प्रयास भइरहेको भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएको छ।

पूर्वी नेपालको सीमासंग जोडिएको पश्चिम बंगालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यस अघि कोलकातामा ५७ बर्षिया पुरुषको मृत्यु भएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?