सामाजिक सञ्जालमा पीपीई पोज

सामाजिक सञ्जालमा पीपीई पोज
+
-

झापा- सामाजिक सञ्जाल फेसबुकमा मछिन्द्र क्षेत्रीले जनप्रतिनिधिहरुले पीपीई लगाएर सामूहिक तस्बिर खिचाएको कुरा फोटोसहित राखेका छन्। उनले लेखेका छन्, ‘नेपालको एक गाउँपालिकाका जनप्रतिनिधि पीपीई लगाएर सामूहिक तस्बिर खिच्दै। अस्पतालमा काम गर्ने चिकित्सकले पीपीई नपाएर जीवन जोखिममा हुँदा पीपीईमाथि यस्तो रजाईं गर्ने जनप्रतिनिधिलाई के भन्नुहुन्छ?’

त्यस्तै, केही दिनअघि झापाका एक व्यवसायीले केही पत्रकारका लागि व्यक्तिगत सुरक्षा सामग्री ‘पीपीई’ उपलब्ध गराएको सामाजिक सञ्जाल फेसबुकमा पीपीई पाएकै पत्रकारले लेखे। तस्बिर पनि हाले।

भोलिपल्ट ती पत्रकार काम गर्ने सरकारी अखबारमा त्यही खबर प्रकाशित भयो। सोही खबर राखेर हेटौंडा अस्पतालमा काम गर्ने एकजना चिकित्सकले सामाजिक सञ्जाल ट्विटरमा केही पत्रकारलाई ‘मेन्सन’ गरेर ‘तपाईंहरुले पनि पीपीइ पाउनु भयो भने सुटक्क हामीलाई पठाइदिनु होला’ भनेर लेखे।

जनप्रतिनिधि, पत्रकारबाहेक विद्युत प्राधिकरणका कर्मचारीले पनि पीपीई लगाएर सामूहिक तस्बिर खिचेको पनि सामाजिक सञ्जालमा बाहिरिएको छ। केही समयअघि मन्त्री पद्मा अर्यालले पीपीईमा दिएको पोज सामाजिक सञ्जालमा आएकोथ थियो।

कोरोना भाइरस संक्रमणको जोखिम बढेका बेला सबभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी तथा चिकित्सक पर्ने गरेका छन्। संसारभरको स्थिति हेर्ने हो भने धेरै चिकित्सक कोरोना भाइरसको संक्रमणमा परेका छन्। उनीहरुलाई बाहिर संक्रमण भएको नभई अस्पतालमा भर्ना भएका संक्रमितकै कारण संक्रमण हुने बढी सम्भावना रहने चिकित्सकहरु स्वयं बताउँछन्।

तर अस्पतालमा काम गर्ने चिकित्सकहरुले नै व्यक्तिगत सुरक्षा सामाग्री पीपीई अभावको मार खेपिरहेका छन्। संघीय तथा प्रदेश सरकारले जति चाहिने हो त्यति उपलब्ध गराउन सकिरहेको छैन।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर भन्छन्, ‘जति चाहिनुपर्ने हो त्यति छैन। संक्रमितको संख्या बढे भने स्थिति अप्ठ्यारो छ।’

प्रश्न यहाँ उठ्छ, जसलाई चाहिएको हो उसलाई नदिएर के तमासा देखाइरहेका छौं? नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको तर्क पनि यही छ।

उनी भन्छन्, ‘पत्रकारलाई पीपीई किन चाहियो? संक्रामक रोगले पत्रकार चिन्छ र? पीपीई लगाएर तामासा देखाउने बेला होइन।’

उनले यो बेला कुनै पनि सञ्चार माध्यमले जबरजस्ती पत्रकारलाई जोखिमपूर्ण काम गर्न लगाउँछ र पत्रकारको जागिर धरापमा पार्छ भने त्यस्का विरुद्ध महासंघ संघर्षमा उत्रिने चेतावनी दिए।

सापकोटाले भने, ‘जतिसक्दो सुरक्षित रहेर काम गर्नुको विकल्प छैन। तर जोखिम मोलेर जोखिमयुक्त स्थानमा गएर बहादुर भइँदैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?