भीडभाड नभएको बेला सडक बिस्तार, लकडाउनपछि विर्तामोडबासीले देख्ने भए चिल्लो सडक

भीडभाड नभएको बेला सडक बिस्तार, लकडाउनपछि विर्तामोडबासीले देख्ने भए चिल्लो सडक
+
-

झापा – झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडदेखि सदरमुकाम भद्रपुरहुँदै केचनासम्म पुग्ने सडकको विर्तामोड-गरामनी सडक खण्ड लकडाउनको अवधि सकिएसँगै चिल्लो हुने भएको छ।

लक डाउनको समयलाई सदुपयोग गर्दै सडक बिस्तार गर्ने कामको पछिल्लो समय जिम्मा पाएका ठेकेदार केदार गिरीले मंगलबारदेखि सडक निर्माणको काम जारी राखेका छन्।

प्रशासनसँगको समन्वयमा उपकरणले गर्ने काम उनले मंगलबारबाट सुरु गरेका हुन्। उपकरण चलाउने जनशक्तिलाई सुरक्षित बनाउँदै र सामाजिक दूरी कायम गरेर काम जारी राख्ने ठेकेदार गिरीले बताए।

उनले भने, ‘संक्रमण नहोस् भनेर अधिक्तम सुरक्षाको प्रवन्ध मिलाएर काम जारी राख्ने निर्णय भएको हो। आजदेखि काम सुरु भयो।’

लकडाउन सुरु हुन अघि सडकको दायाँ तथा बायाँपट्टि ड्रेन निर्माणको काम भइसकेको थियो। कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले लक डाउन घोषणा गरेपछि सडक निर्माणको काम रोकिएको थियो।

अरु बेला सडक खाली नहुने र खाली गराउँदा गराउँदै दिन जाने भएकाले अहिले काम गर्न सहज भएको गिरीले बताए।

उनले भने, ‘सबै ध्यान काममा हुन्छ। काम पनि गुणस्तरीय हुन्छ अवरोध नहुँदा।’

सडक डिभिजन कार्यालय दमकको प्रत्यक्ष निगरानीमा सडक बिस्तारको काम भइरहेको छ।

सरकारको सबै निर्देशन पालना गरिएको छः इन्जिनियर यादव

सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि निर्देश गरेका सबै प्रावधानलाई लागु गरेर सडक विस्तारको काम चालु गरिएको बताएका छन्।

उनले विगत केही दिनको कसरतपछि मंगलबारदेखि काम चालु गरिएको बताए।

यादवले भने, ‘कामदारबीचको सामाजिक दुरी कायम राख्ने, मास्कको व्यवस्था गरिदिने, स्यानिटाइजरको व्यवस्था गरिदिने भनेर ठेकेदारले भनेपछि काम अगाडि बढाएका हौं।’

अब अरु काम पनि सरकारको निर्देशनको पालना गर्दै उपकरणद्वारा गरिने काम चालु गर्नका लागि गृहकार्य भइरहेको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?