चिया उद्योगी पराजुलीले १ सय ७० मजदुरलाई आफैं दिए राहत

चिया उद्योगी पराजुलीले १ सय ७० मजदुरलाई आफैं दिए राहत
+
-

झापा- झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग बन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई मंगलबार राहतस्वरुप चामल प्रदान गरेका छन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका आफ्ना कामदारलाई निःशुल्क चामलसहित सबैलाई दुई हजार रुपैयाँ सापटी पनि दिएका छन्।

लकडाउन खुलेर काम सुचारु भएपछि सो दुई हजार रुपैयाँ उनीहरुको पारिश्रमिकबाट काटिने पराजुलीले जानकारी दिए।

उनले अहिले बन्द रहेका आफ्नो भद्रपुर ६ स्थित पराजुली चिया प्रशोधन कारखाना, चिया बगान र मेचीनगर १५ स्थित बायोमास ब्रिकेट उद्योगमा कार्यरत १७० भन्दा बढी मजदूरलाई निःशुल्क रुपमा चामल र सापटीस्वरुप रकम उपलब्ध गराएको उनले बताए।

अत्यावश्यक वस्तुमा पर्ने खाना पकाउने ग्यासको उद्योगमा भने सामाजिक दूरी कायम राखी श्रमिकहरुले काम गरिरहेकोले उनीहरुलाई भने सो सुविधा नरहेको पराजुलीको भनाइ छ।

उनले संकटको बेला आफ्ना कामदार र मजदूरलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै आफ्ना श्रमिकको संरक्षण गर्नु उद्योगीहरुको दायित्व पनि रहेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?