
झापा– नेपालमा लकडाउन भए यता भारतबाट आएका क्वारेन्टाइनमा राखिएका ६४ जनालाई घर पठाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
उनीहरुमा कोरोना संक्रमण छ/छैन भनेर र्यापिड टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि आ–आफ्ना जिल्ला पठाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। उनले भने, ‘हामीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर पठाएका छौँ।’
उनीहरुले २१ दिनको क्वारेन्टाइन पूरा गरेर घर गएका हुन्। उनीहरुलाई दुईवटा बसको व्यवस्था गरेर पठाइएको हो। एउटा बस काठमाडौंका लागि छुटेको छ भने एउटा धनगढी गएको छ।
प्रमुख जिल्ला अधिकारी रानाका अनुसार कलबलगुढी क्वारेन्टाइनमा राखिएकाहरुलाई पनि क्वारेन्टाइन समय सकिएपछि र्यापिड टेस्ट पश्चात क्रमशः घर पठाइने छ।