र्‍यापिड डायग्नोष्टिक टेस्ट गर्दै, घर पठाउँदै

र्‍यापिड डायग्नोष्टिक टेस्ट गर्दै, घर पठाउँदै
+
-

झापा-  झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुडी क्वारेन्टाइनमा रहेका १७ जनालाई मंगलबार घर पठाइएको छ ।

८ जनालाई बुधबार साँझसम्ममा पठाउने तयारी गरिएको छ।

भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट परीक्षणमा सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई घर पठाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए।

जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बसको व्यवस्था गरी उनीहरुलाई घरमै अरु सात दिन क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

सरकारले गरेको लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट हिँडेर आई नेपाल छिरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो।

क्लबलगुडी क्वारेन्टाइनमा सिराहाका ११ जना,  उदयपुरका ६ जना,   दैलेखका २ जना,  सप्तरीका एकजना र स्थानीय एकजना रहेको क्वारेन्टाइन इञ्चार्ज क्याप्टेन विजय निरौलाले जानकारी दिए।

सिराहा,  उदयपुर र सप्तरीका १७ जनालाई भद्रपुर नगरपालिकाले बस व्यवस्था गरी पठाएको र सुर्खेत र दैलेखका नागरिकलाई सुर्खेतको चौकुने गाउँपालिकाले पठाएको गाडीमा पठाउने व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?