
झापा- झापाको विर्तामोड नगरपालिका कार्यालयले शुक्रबारदेखि दिउँसो १२ बजेदेखि खाद्यान्न तथा तरकारीका पसल दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय बिहीबार गर्यो।
तर शुक्रबार बिहानैदेखि सडकमा पर्याप्त बाइक गुड्न थाले। क्रमशः साना सवारी साधन पनि सडकमा निस्के। महसुस हुन्थ्यो लकडाउन बिस्तारै खुल्दैछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले टोली नै सडकमा निकालेर लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न थाले। धेरैलाई सडक छेउमा बनाइएको ‘सेल’मा करिब दुई घन्टा उभ्याइयो।
कोरोना भाइरस संक्रमितहरु बढिरहँदा झापाको विर्तामोडको सडक भने यस्तो छ।