विप्लव कार्यकर्तामाथि प्रहरीको निगरानी

विप्लव कार्यकर्तामाथि प्रहरीको निगरानी
+
-

वीरेन्द्रनगर– नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माथि प्रहरीले निगरानी बढाएको छ। स्थानीय तहका जनप्रतिनिधिहको राजीनामा माग गरेपछि विप्लवका कार्यकर्तामाथि निगरानी बढाएको हो।

जनप्रतिनिधिलाई धम्काउने, राजीनामा माग गर्ने जस्ता क्रियाकलापबाट जनप्रतिनिधि त्रसित बनेपछि प्रहरीले सक्रिय कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।

सुर्खेतमा पार्टीमा सक्रिय देखिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक छानबिन थालेको छ। जनप्रतिनिधिहरुलाई सुरक्षित बनाउन विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

जिल्लामा क्रियाशिल कार्यकर्ताका भिमबहादुर कठायतलगायत थप तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका पमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले बताए। जनप्रतिनिधिको सुरक्षालाई ध्यानमा राखेर प्रहरीसमेत परिचालन गरिएको छ।

जिल्लाका नौ तहका प्रमुख र उपप्रमुखलाई दैनिकरुपमा फोन सम्पर्कमार्फत सुरक्षा अवस्थाका बारेमा जानकारी लिने गरिएको प्रहरी प्रमुख चतुर्वेदीले बताए। उनले वडाअध्यक्षलाई समेत प्रहरीको सम्पर्कमा राखिएको बताए। ‘सुर्खेतका जनप्रतििधिहरु सुरक्षित हुनुहुन्छ,’ उनले भने, ‘त्यस्तो शंका वा उपशंका लागेमा तत्काल प्रहरी परिचालन गर्ने गरेका छौं। विप्लवका सक्रिय कार्यकर्ता निगरानीमा रहेकाले सुर्खेतका कुनै घटना घटेको छैन।’

विप्लवले स्थानीय तहका जनप्रतिनिधिहरुको राजिनामा मागेपछि उनीहरु त्रसित बनेका छन्। जनप्रतिनिधिहरुले विप्लवले राजिनामा मागेपनि प्रहरीलाई भने जानकारी दिने गरेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?