‘फ्रन्टलाइनर’ निकायलाई मेची अभियानले तीनवटा स्यानिटाइजिङ टनल उपलब्ध गरायो

‘फ्रन्टलाइनर’ निकायलाई मेची अभियानले तीनवटा स्यानिटाइजिङ टनल उपलब्ध गरायो
+
-

झापा- कोरोना भाइरस कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका दुईवटा ‘फ्रन्टलाइनर’ निकायलाई मेची अभियानले तीनवटा स्यानिटाइजिङ टनल निर्माण गरिदिएको छ।

विपदमा नागरिकको साथका लागि स्थापित मेची अभियानले तीनवटा स्यानिटाइजिङ टनल निर्माण गरेर मेची अस्पताल भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जडान गरिदिएको हो।

मेची अस्पतालमा केही दिन अघि उक्त टनल जडान गरिएको हो भने बुधबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय भद्रपुरमा जडान गरिएको छ।

ती सबै टनल विजुलीबाट सञ्चालन हुने किसिमका हुन्। अस्पताल तथा प्रहरी कार्यालयहरुमा पस्दा अनिवार्य रुपमा स्यानिटाइजिङ टनल भित्र पस्नुपर्छ। जहाँ स्प्रेबाट पुरै शरीरलाई नै केमिकलले स्यानिटाइजिङ गर्दछ।

उक्त टनल जडान भएपछि अस्पतालका कर्मचारी तथा अस्पतालमा आउने सेवाग्राहीको शरीर स्याटिइजिङ गर्न सहज भएको मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए।

ती तीनवटै मेसिन एक लाख चालिस हजार रुपैयाँमा बनेको मेची अभियानका संयोजक विजय डालमियाँले जानकारी दिए।

सीमा सुरक्षामा बसेका प्रहरीको सहज बसाईका लागि विर्तामोडमा रहेको सहारा नेपालले १० वटा टेन्ट पनि उपलब्ध गराएको छ। सशस्त्र प्रहरीका लागि साइकल तथा नेपाली सेनाका लागि टेन्टलगायत गरि ६ लाख रुपैयाँ मूल्य बराबरको सामान सहाराले उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?