तरकारी किसानको पीडा

सरकार भन्छः कृषिलाई लकडाउनले छुँदैन, किसान भन्छन्: बजारसम्म कसरी पुर्‍याउने?

सरकार भन्छः कृषिलाई लकडाउनले छुँदैन, किसान भन्छन्: बजारसम्म कसरी पुर्‍याउने?
+
-

झापा-सरकारले कृषि उत्पादन गर्नका लागि देशमा जारी लकडाउनले नछुने भन्दै आए पनि उत्पादित बस्तुले बजार नपाउँदा किसानको हालत दिन दिनै बिग्रिँदै गइरहेको छ।

खासगरि नगदेबालीमा तरकारी उत्पादन गर्ने किसानहरुको हालत दिन दिनै बिग्रिँदै गइरहेको किसानहरुले बताएका छन्। छोटो समयमा तरकारी बाली उठाउनुपर्ने र चाँडो बजार पुर्याएर खपत गर्नुपर्ने तर देशमा जारी लकडाउनका कारण उनीहरु उत्पादन खेतमै कुहिन थालेको हो।

यो बेला गोलभेंडाको सिजन हो। तर त्यही गोलभेंडा किसानका खेतमा कुहिएका छन्। छर-छिमेकीलाई बाँढेर नसकेका उनीहरुले गाईलाई समेत खुवाएका छन्। त्यतिले पनि नभएर खेतमै कुहिन दिन थालेका छन्।

अहिले किसानका बारीमा सिमी लह-लह फलेका छन्। तर त्यो फलेको सिमी बजारसम्म लैजाने अवस्था छैन। उत्पादित केही मात्रा बिकी हाले पनि बजारमा किन्ने मान्छे छैनन्।

झापाको शान्तिनगर तरकारी उत्पादनका लागि हबकै रुपमा चिनिन्छ। बुद्धशान्ति गाउँपालिका वार्ड नं ६ का अधिकांश किसान तरकारी खेतीमा आवद्ध छन्। तर त्यहाँको उत्पादन बजारसम्म पुर्याउन सक्ने अवस्था अहिले छैन।

एकजना किसान दिननाथ काफ्ले भन्छन्, ‘यत्रो उत्पादन छ, दिनमा एउटा वा दुईवटा गाडीले लगेर कहाँ हुन्छ र। हाम्रा उत्पादन त्यतिकै खेर गए। किसानको हालत भयो।’

उक्त स्थानको करिब २० बिघा जमिनमा तरकारी बाली लगाइएको शान्तिनगर कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका काफ्लेले बताए।

सरकारले चैत ११ गतेबाट कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरेको लकडाउनले शान्तिनगरका कृषकले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी बिक्री हुन छाडेको हो।

बुद्धशान्ति गाउँपालिका ६ का प्रेमसागर चापागाईंले १५ कठ्ठामा टमाटर लगाएका छन्। उनले टमाटर पाक्न थालेपछि शुरु भएको लकडाउनले टमाटर बिक्री नहुँदा समस्या भएको बताए।

शान्तिनगरमा धान खेत मासेर कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। अन्नबाली जस्तो तरकारी धेरै दिन राख्न नमिल्ने, चाडै खपत गरिहाल्नु पर्ने भएकाले लकडाउनमा कृषकले नोक्सानी व्यहोरेका हुन्।

अर्का किसान राजेन्द्र भट्टराईका अनुसार किसानको लगानी खेर जाने अवस्था आएको बताए। धेरै किसानले सहकारीबाट ऋण लिएर तरकारी बाली लगाएको उनले बताए।

भट्टराईले भने, ‘यही पारा हो भने किसानका घरबारीसमेत लिलामीमा पर्ने अवस्था छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?