नेपाल टेलिकमले विद्यार्थी र शिक्षकका लागि ल्यायो ई- शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी डाटा

नेपाल टेलिकमले विद्यार्थी र शिक्षकका लागि ल्यायो ई- शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी डाटा
+
-

काठमाडौं-कोरोनाको कहरलाई मध्‍य नजर गर्दै नेपाल टेलिकमले विद्यालय तथा विश्व विद्यालयलाई लक्षित गर्दै सस्तो मूल्‍यमा ई-शिक्षा प्याकेज ल्याएको छ ।

टेलिकमले सरकारका शैक्षिक निकायहरुसँग परामर्शपछि सस्तो मूल्‍यमा विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको टेलिकमका प्रवक्ता राजेश जोशीले देश सञ्‍चारलाई बताए।

उनका अनुसार विशेष ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जीबी ५ सय रुपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ। यसका साथै २ सय ६० रुपैयाँमा प्राप्त हुने कुल ६ जीबीमध्ये ३ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने उनले बताए।

यस्तै उनले ५ सय रुपैयाँमा २८ दिनसम्म उपलब्ध हुने १५ जीबी डाटामध्ये ६ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टामात्र प्रयोग गर्न सकिने बताए। यसका साथै बाँकी ९ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ।

ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रीजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने उनले बताए। उनले भने, ‘ हामीले निजी तथा सरकारी शैक्षिक संस्थाहरुसँगको परामर्शमा यो लकडाउनका शिक्षाका लागि विशेष प्याकेज लिएर आएका हौ। बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न पाइन्छ।’

यस्तै उनले टेलिकमले सामाजिक उत्तरदायित्व समेतलाई मध्यनजर गर्दै बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका यी सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिसका आधारमा मात्रै विद्यार्थी र शिक्षकहरुलाई उपलब्ध गराउने बताए। उनले भने, ‘ खासगरी विद्यालय तथा विश्‍वविद्यालयका विद्यार्थी र शिक्षकलाई सजिलो र सुलभ दरमा अध्ययन गर्न पाऊन भनेर यस्तो योजना लिएर आएका हौ।’

कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिस पठाउनु पर्ने टेलिकमले जनाएको छ।

सिफारिस प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?