
झापा – ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति आगलागी हुँदा आगलागी हुँदा १२ वटा घर जलेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार बिहान ५ बजे आगो नियन्त्रणमा आएको छ।
फुङलिङ नगरपालिका र फिदिम नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिएको जिप्रका ताप्लेजुङले जनाएको छ। बेलुका करिब १० बजेदेखि आगलागी सुरु भएको थियो।
यसअघि पनि फुङलिङ बजारमा पटक–पटक आगलागीका घटना भएका थिए।