भारतबाट नेपाल छिर्नेलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण, सशस्त्र प्रहरीद्वारा हवाई फायर

भारतबाट नेपाल छिर्नेलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण, सशस्त्र प्रहरीद्वारा हवाई फायर
+
-

झापा- झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतपट्टिबाट नेपाल छिर्न खोज्नेले खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

सोमबार राति करिब ९.३० बजेतिर भारतबाट केही मानिस नेपाल छिर्ने प्रयास गरेका थिए। समूहमा आएका भारतीय नागरिकलाई भगाउन सशस्त्र प्रहरीले हवाई फायर गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए।

एक सय भन्दा बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरे। झापा गाउँपालिका- ४ स्थित सुकुम्वासी बस्ती नजिकै उक्त घटना भएको हो।

दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए।

फिर्ता गएका ती दुई भारतीय नागरिकले गाउँले भेला गरी पुनः सीमा लिएर आएका थिए।

घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ। सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?