ह्वात्तै बढ्यो काँकरभिट्टाको राजस्व

ह्वात्तै बढ्यो काँकरभिट्टाको राजस्व
+
-

काँकरभिट्टा- मेची भन्सार कार्यालय काँकरभिट्टाले राजश्व असुलीमा सन्तोषजनक प्रगति हासिल गरेको छ। गत वर्षभर जति राजश्व रकम संकलन भएको थियो त्यो चालु आर्थिक बर्षको ८ महिनामा संकलन भएको छ। रिफरेन्स दरमा भन्सार मूल्य तय हुँदा राजस्व बढेको हो।

गत आर्थिक वर्षभरमा ६ अर्ब राजश्व संकलन भएको थियो। तर चालु आर्थिक बर्षको ८ महिनामा ६ अर्ब ५२ करोड रुपैयाँ संकलन भइसकेको छ। गत फागुन महिनासम्मको राजश्व संकलनको प्रगति हेर्दा सन्तोष लिने ठाउँ रहेको मेची भन्सार कार्यालय काँकरभिट्टामा प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए। गत आठ महिनाको राजश्व संकलनको लक्ष्य ६ अर्ब १८ करोड रुपैयाँ थियो।

अर्यालले भने, ‘हामी अहिले डाटा बेसमा काम गरिरहेका छौं। त्यसैले राजश्व हराउने वा चुहावट संभावना अत्यन्त न्यून छ।’

चालु आर्थिक बर्षको शुरुवात केही मन्दी थियो। साउन महिनामा ४८ करोड ८७ लाख रुपैयाँ संकलन भएको थियो। भदौ महिनामा राजश्व संकलन बढेर ६४ करोड ७१ लाख पुग्यो। असोज महिनामा ६७ करोड ८२ लाख उठ्यो। त्यसपछि दशैं तिहार अनि चुनावका कारण राजश्व संकलन प्रभावित भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए। कात्तिक तथा मंसीर महिनामा १ अर्ब ३३ करोड ४७ लाख राजश्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ।

गत पुस महिनामा राजश्व ह्वात्तै बढेर ८७ करोड १९ लाख रुपैयाँ पुग्यो। माघ महिनामा ९२ करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भयो। फागुन महिनामा ९२ करोड २४ लाख रुपैयाँ राजश्व उठेको अर्यालले जानकारी दिए। उनले भने, ‘अबको चार महिनाको संकलन भनेको चालु आर्थिक बर्षका लागि दिइएको लक्ष्यलाई पूरा गर्न हामी लाग्छौं। हाम्रो काम लक्ष्य पूरा गर्न मात्र होइन त्यो भन्दा बढी संकलन गर्नका लागि हुनेछ।’

उनले विगतमा जस्तो सामान हेरेर आफैं भन्सार दर निर्क्यौल गर्ने नभएर डाटामा जुन दर राखिएको छ त्यसैका आधारमा भन्सार राजश्व असुल गर्ने काम भइरहेको बताए। सोही दरका आधारमा राजश्व संकलन भइरहँदा विगतमा भन्दा तीन गुणाले राजश्व बढिरहेको उनले बताए।

सामान आयात निर्यातबाट मात्र नभएर अन्य शीर्षकहरुबाट समेत मोटो राजश्व रकम संकलन भएको छ। मूल्यबृद्धि रकमबाट १२ करोड १७ लाख राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांकमा छ।

मेची भन्सार कार्यालय हुँदै भारतबाट कोइला, सिमेन्ट बनाउनका लागि क्लिङ्कर, पेट्रोलियम पदार्थ, बंगलादेशमा बनेका विभिन्न पेय पदार्थ, चिनी, सेरामिक टाइल्स आदि नेपाल ल्याइने गरिन्छ। तर भन्सार कार्यालय नजिकै दशगजा क्षेत्रमा मानव बस्ती रहेका कारण चोरी पैठारी नियन्त्रण गर्न निकै गाह्रो हुने गरेको प्रमुख भन्सार अधिकृत अर्यालको भनाइ छ।

नयाँ सरकार बनेपछि नयाँ अर्थमन्त्री युवराज खतिवडाको राजश्व संकलनमा बृद्धि गर्न निर्देशन दिएपछि भन्सार राजश्व संकलन निकै कडाईं गरिएको भन्सार एजेन्टहरुको भनाइ छ। अहिले आफूखुसी राजश्व दर राखेर भन्सार काट्ने चलन धेरै कम भएको उनीहरुको अनुभव छ।

एकजना भन्सार एजेन्ट महेश गुरुङका अनुसार केही दिन अघिसम्म ४ लाख रुपैयाँमा भन्सार छुट हुने सामान अहिले १४ लाख लाग्न थालेको बताए। उनले भने, ‘अहिले सामान छुटाउन धेरै गाह्रो छ। सबै डाटा बेसमा भन्सार संकलन हुँदैछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?