बुद्ध पूर्णिमा

लुम्बिनीमा मास्क लगाएरै प्रार्थना, बेलुका २५६४ वटा दीप प्रज्ज्वलन गरिने

लुम्बिनीमा मास्क लगाएरै प्रार्थना, बेलुका २५६४ वटा दीप प्रज्ज्वलन गरिने
+
-

बुटवल – २५६४ औँ बुद्ध जयन्ती बिहीबार भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । तर यसवर्षको बुद्धपूर्णिमाका औपचारिक कार्यक्रमहरु हुने छैनन् । कोरोना भाइरसको महामारीका कारण सरकारले बुद्धपूर्णिमा घरमै बसेर मनाउन आह्वान गरेको छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

यही दिनको सम्झना र खुशीयालीमा बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबार १०–१५ जना भिक्षुहरुले बुद्धपाठ गरेका छन् । सरकारी अधिकारीहरुको सल्लाह र सुझावका आधारमा सीमित संख्यामा भिक्षुहरु उपस्थित गराएर प्रार्थना गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ।

‘प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहमा लुम्बिनी विकास कोषले मात्रै सीमित भिक्षुणीहरुको उपस्थितिमा बुधबार बेलुका प्रार्थना, बिहीबार बिहान प्रार्थना र बेलुका २५६४ वटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ’ उनले भने ।

कार्यक्रम सामान्य र संक्षिप्त भएकाले कसैलाई पनि औपचारिक निम्तो गरिएको थिएन ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए ।

भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् ।

यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

बद्ध जयन्तीका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना सन्देश दिइ यसपटकको बुद्ध पूर्णिमालाई कोरोना भाइरसविरुद्धको प्रयासका लागि समर्पित गर्न आग्रह गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?