
विर्तामोड-नेपाल आयल निगमको चारआली कार्यालय परिसरमा रहेका इन्धन भरिएका ट्यांकर पम्पसम्म पुग्नका लागि भरपर्दो सुरक्षा अपनाउने निर्णय भएसँगै पेट्रोलियम पदार्थको ढुवानी चालु भएको छ।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाका अनुसार ट्यांकर चालकहरुले लक लागेरै पम्पसम्म ट्यांकर पुर्याउनु पर्छ भन्ने माग भरपर्दो सुरक्षा अपनाउने विषयमा सहमति भएको हो।
भारतको सिलिगुडीबाट ताल्चा लगाएर इन्धन ल्याउने विषयमा ट्यांकर चालक र निगमविच विवाद हुँदा विगत केही दिनदेखि पूर्वमा इन्धन ढुवानी हुन सकेको थिएन। इन्धन ढुवानी भएसंगै पम्पहरुमा इन्धन भर्ने सवारी साधनको भीड बढेको छ।