भारतमा रेल चलेपछि सीमावर्ती पानीटेंकीमा जम्मा भए नेपाली, पालिकाहरू क्वारेन्टाइनमा राख्न मान्दैनन्

भारतमा रेल चलेपछि सीमावर्ती पानीटेंकीमा जम्मा भए नेपाली, पालिकाहरू क्वारेन्टाइनमा राख्न मान्दैनन्
+
-

झापा– भारतमा ट्रेन चल्न थालेपछि भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजार काँकरभिट्टा पारिपट्टि सीमावर्ती भारतीय बजार पानीटेंकीमा जम्मा भएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाको जानकारीमा आएसम्म मंगलबारसम्ममा करिब ४ सय नेपाली पानीटेंकीमा जम्मा भएका हुन्।

तर करिब एक हजार जना नेपालीहरूका लागि व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेको झापाका प्रमुख जिल्ला अधिकार उदयबहादुर रानाले जानकारी दिए।

भारतीय सीमामा रहेका नेपालीहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने विषयमा धेरै पटक छलफल भए पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन।

संघीय सरकारले सीमावर्ती नेपाली भूमिमा क्वारेन्टाइन राख्ने भने पनि पालिकाहरूले उनीहरूलाई राख्नका लागि पर्याप्त क्वारेन्टाइनको निर्माण नै गरेका छैनन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार झापामा पालिकाहरू बाहेक करिब साढे तीनसय जनाको क्वारेन्टाइन बनाइएको छ। तर सबै नेपालीहरूलाई क्वारेन्टाइनमा राख्न कतिपय पालिकाहरु सकारात्मक छैनन्।

प्रमुख जिल्ला अधिकारी रानाका अनुसार माइ नदी पश्चिमका पालिकाहरूले भारतबाट आउने नेपालीहरूलाई राख्न नदिने भएका छन्।

कतिपय भारतीय सीमावर्ती बजारहरूबाट नेपालीहरू नेपाल छिर्न थालिसकेका छन्। तर नेपालमा भने उनीहरूलाई कसरी राख्ने भन्ने कुनै ठेगान छैन।

भारतबाट आएकाहरू सिधै समुदायमा गए कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्ने विज्ञहरूले चेतावनी दिइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?