लकडाउनको असर

स्वास्थ्यकर्मीलाई लखेट्लान् भन्ने डर, भाडा तिर्न नसक्दा उकुसमुकुस डेरावाला

स्वास्थ्यकर्मीलाई लखेट्लान् भन्ने डर, भाडा तिर्न नसक्दा उकुसमुकुस डेरावाला
+
-

काठमाडौं – लकडाउन सुरु भएको करिब दुई महिनापछि कोरोना भाइरसका कारण भएको मृत्यु  र लगातार बढिरहेको संक्रमणलगायत कारणले काठमाडौं उपत्यकासहित देशभरको स्थिती भयावह बन्दै गएको छ।

विभिन्न स्थानीय निकाय र समुदायले आफ्नो क्षेत्र सिल गर्न थालेका छन्। धेरै ठाउँमा बाटो छेकेर आवातजावत रोक्न खोजिएको छ। लकडाउनबीच पनि बाहिर निस्कनुपर्ने बाध्यता भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायतलाई काम सकेर फर्कँदा घरभित्र छिर्न पाइने हो होइन भन्ने त्रास बढिरहेको छ।

सरकारले संक्रमितको संख्या बढिरहँदा लकडाउनलाई थप कडाई गर्ने बताइसकेको छ। चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउन पछिल्लोपटक १५ दिन लम्ब्याइएपछि यो कम्तिमा जेठ २० गतेसम्म कायम रहने छ।

देशभर संक्रमितको संख्या १, २ हुँदै ३ सय नाघेको छ। संक्रमण समुदायमै फैलिइसकेको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुमा पनि संक्रमण देखिएको छ।

आइतबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले स्वास्थ्यकर्मीलाई बाटोमा अवरोध गर्ने, दबाब र दुर्व्यवहार गर्ने, घरबाट निकाल्नेलगायत घटना भइरहेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। कानुनविपरित त्यस्ता गतिविधी गर्नेलाई गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। गृहको निर्देशनमा जथाभावी सडक बन्द नगर्न पनि भनिएको छ। विभिन्न प्रहरी कार्यालयले त्यसरी बनाइएका अवरोधहरु हटाइरहेका छन्।

गृह मन्त्रालले घरबेटीहरुलाई निर्देशन दिँदै डेरावालालाई विभिन्न बहानामा ननिकाल्न निर्देशन दिएको छ। लगातारको लकडाउन र आयस्रोत बन्द भएको अवस्थामा डेरावालाको दैनिकि दिनदिनै संकटपुर्ण बन्दै गएको छ।

सरकारले ज्याला मजदुरी गर्नेका लागि मात्र राहतका कार्यक्रमहरु ल्याएको छ। दैनिक ज्यालाजादी गर्नेजस्ता असगंठित कामदारहरुलाई भाडा मिनाहा गर्न घरबेटीहरुलाई आग्रह गरेको छ।

तर अन्यको हकमा सरकारले न राहतबारे केही कार्यक्रम ल्याएको छ नत डेरा भाडा मिनाहा गर्ने सम्बन्धमा केही बोलेको छ। गृह मन्त्रालयको पछिल्लो विज्ञप्तीमा घरबहालमा बसिरहेका मानिसहरुलाई बिना कारण ननिकाल्न भनिएको छ। घुमाउरो पारामा डेरावालासँग भाडा मागेर अप्ठेरो नपार्न अनुरोध गरिएको गृहका एक अधिकारी भन्छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानीय निकायले उपत्यकाबाहिर गएका डेरावालाई लकडाउन अवधिभर नआउन भन्न घरबेटीलाई निर्देशन दिएका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?