चिसो ह्वात्तै बढ्यो, सावधानी अपनाऔं

चिसो ह्वात्तै बढ्यो, सावधानी अपनाऔं
+
-

काठमाडौंँ: पछिल्ला केही दिनयता उपत्यकासँगै मुलुकभर चिसो ह्वात्तै बढेको छ।

उपत्यकामा आइतबार बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन गरिएको छ। गएराति तापक्रम शून्यभन्दा तल पुगेको थियो। चिसोका कारण उपत्यकामा बिहान तुसारो परेपछि दैनिकी कष्टकर बनेको छ। तराईमा बाक्लो हुस्सु देखिएको छ भने उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ।

पहाडमा भने ढिलोगरी घाम झुल्किए पनि अबेरसम्म कठ्याङ्ग्रिदो जाडो महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले तराईमा आइतबार पनि घाम नलागेमा शितलहर घोषणा गर्ने तयारी गरेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताएका छन्। उच्चचापीय क्षेत्रको केही प्रभाव र मौसम सफा भएका कारण तापक्रम घट्दै गएको हो।

बेलैमा सावधानी अपनाऔं
मौसमविद् श्रेष्ठका अनुसार तापक्रममा आएको यो गिरावट अस्वाभाविक नभई मौसमी बदलाव मात्रै हो तर चिसोबाट बच्न बेलामै सावधानी भने अपनाउनुपर्छ। तापक्रम अझै घट्नसक्ने देखिएकाले सावधानी अपनाउनुको विकल्प नभएको उनले बताए। त्यसका लागि न्यानो रहने, तातो र झोलिलो खाने,सकेसम्म सबेरै घरबाट बाहिर ननिस्कने र राति अबेरसम्म बाहिर नरहने लगायत उपाय अपनाउन चिकित्सकले सल्लाह दिएका छन्।

विशेषगरी नवजात शिशु, बालबालिका, गर्भवती महिला, बिरामी र वृद्धवृद्धाहरुलाई चिसोबाट जोगाउन उनीहरुको सल्लाह छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं बालरोग विशेषज्ञ डा. बाबुराम मरासिनीले चिसोबाट सर्वसाधारणलाई जोगाउने दायित्व स्वास्थ्य मन्त्रालय लगायत सबै सरोकारवाला निकायले समयमै अग्रसरता देखाउनु पर्ने बताए। ‘चिसोबाट बच्न जनचेतना फैलाउने देखि सरकारले प्रभावितहरुलाई न्याना कपडा, दाउरा लगायत सामग्रीहरु समयमै उपलब्ध गराउनु पर्छ,’ डा. मरासिनीले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?