
झापा – झापा कचनकवल गाउँपालिकाका कोरोना भाइरस संक्रमितहरुलाई प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे आफै अस्पताल पुगेर भर्ना गराएका छन्।
शुक्रबार बेलुका २७ जना कोरोना भाइरस संक्रमितहरुलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
तर अस्पतालले रातभर उनीहरुलाई गेट बाहिरै राखेको थियो। अस्पतालले भर्ना लिन नमानेपछि सामाजिक विकास मन्त्री घिमिरे शनिवार बिहान आफै अस्पताल पुगेका थिए।
उनले अस्पतालको गम्भीर लापरवाही भन्दै कारबाहीको चेतावनी दिएका छन्।