कोरोना भाइरस सङ्क्रमितसँगै बस चढेका नगरप्रमुख होम क्वारेन्टीनमा

कोरोना भाइरस सङ्क्रमितसँगै बस चढेका नगरप्रमुख होम क्वारेन्टीनमा
+
-

झापा  – भद्रपुरको कलबलगुडीको क्वारेन्टीनमा राखिएका भारतबाट आएका ९ युवाको कोरोना भाइरस परीक्षण पीसीआरको रिपोर्ट नेगेटिभ आएको मौखिक खबर भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले सुने।

त्यसपछि उनले ती ९ जनालाई बसमा राखेर घरर घर पुर्‍याइदिने अठोट गरे र आफू पनि त्यही बसमा चढे।  घररघरमा पुर्‍याउँदै गर्दा हठात ती ९ जनामध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण छ भन्ने खबर आयो। त्यसपछि एकाएक माहोल बिग्रियो।

भद्रपुर नगरपालिकाको लापरवाहीले बिहीबार तीन जना संक्रमित रिपोर्ट आउनु अघि नै घर पुगेर फर्किए। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुरुमा छ जनाको नेगेटिभ रिपोर्ट पठाएको थियो ।

तर, नगरपालिकाको स्वास्थ्य शाखाले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै नौ जनालाई घर पठाएको थियो। नगरपालिकाले क्वारेन्टीनमा राख्न ल्याउने र संक्रमित बोक्ने गाडीबाट घर घर पुर्‍याइएको थियो।

नेगेटिभ आएका ६ जना, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, चालक र सहचालकसँगै तीन जना संक्रमित एउटै गाडी चढेर घर गएका थिए।

नेपाली सेनाको निगरानीमा रहेको क्वारिन्टिनमा नगरप्रमुख श्रेष्ठले सबैको नेगेटिभ रिपोर्टको आएको भनेपछि सबैलाई छाडिएको त्यहाँ रहेका सुरक्षाकर्मीले बताए।

नेगेटिभ रिपोर्ट आएकाहरु घर/घर पुगेका छन्। तर बसमा सँगै यात्रा गरेका हुनाले तिनीहरुमा पनि सङ्क्रमण सरेको हुनसक्ने संभावना छ। ती ६ जनामध्ये दुईजनालाई पुनः क्वारेन्टीमा ल्याउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए।

सङ्क्रमितहरूसँग बसमा यात्रा गरेका नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ बिहीबारदेखि होम क्वारेन्टीनमा बसेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?