अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापाका स्थानीय तहलाई १५०० भिटिएम प्रदान

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापाका स्थानीय तहलाई १५०० भिटिएम प्रदान
+
-

झापा – झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितिमा झापाका स्थानीय तहका लागि कोरोना भाइरस परीक्षण गर्ने भिटिएम प्रदान गरेको छ।

समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा एकका लागि एक अभियानसहितको टोलीले झापाका १५ वटै स्थानीय तहमा भिटिएम प्रदान गरेको हो।

समाजले झापाका आठ नगरपालिका र सात गाउँपालिकामा एकएक सय थानका दरले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) ट्युब उपलब्ध गराएको हो।

भिटिएम ट्युब प्राप्त गरेपछि झापाका १५ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरुले समाजको सहयोगप्रति आभार व्यक्त गरेका छन्। समाजले झापामा गर्दै आएको मानवीय सेवाको उनीहरुले प्रशंसा गरेका थिए। समाजले तीन दिन लगाएर ट्युब वितरण गरेको थियो।

ट्युब वितरण कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतसदस्य केदार गिरीझापाली समाज अस्ट्रेलियाका सदस्य भीष्म ओलीरोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलउपाध्यक्ष शिव कडेलवीरता जेसिजका अध्यक्ष मिजास पोखरेलमहासचिव विकास बस्नेतसदस्य प्रविन खड्कादिवाकार प्रसाईं लगायतको सहभागिता रहेको थियो ।

समाजका उपाध्यक्ष पोखरेलले किट वितरण गरिएका स्थानीय तहमा अन्य खालका समस्या भए समाजले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कोरोना भाइरस महामारीको समयमा आफ्नो जिल्लामा समाजले राष्ट्रिय कार्यसमितिहरूसँग समन्वय गर्दै राहत कार्यको सुरूवात गरेको पोखरेलले बताए।

झापामा पिसिआर परीक्षण ल्याब स्थापना गरिने

यसैबिच, ‘एकका लागि एक’ अभियानअन्तर्गत झापा जिल्लामै प्रस्तावित कोरोना भाइरसको परीक्षण गर्ने ल्याबका लागि पनि समाजले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ।

शनिबार साँझ बसेको समाजको बैठकले ल्याबका लागि कम्तिमा ३० प्रतिशत हिस्सा लिने निर्णय गरेको छ।

समाजले यसअघि बाढी पीडित झापालीको ९ वटा घर बनाइदिएको थियो। त्यस्तैतीनवटा एम्बुलेन्स सञ्चालन गरी जिल्लाबासीको सुखदुःखमा समाज जोडिएको छ। समाज विश्वभर छरिएर रहेका झापालीहरुको छाता संगठन हो। हाल ४० वटा देशमा समाजको बिस्तार भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?