
झापा- बुधबार झापाका ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
बुधबार पहिलो पटक झापाको कन्काई नगरपालिकाका ३ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरी पौडेलले दिएको जानकारी अनुसार कन्काई नगरपालिकाका ३, ४ र ५ नं वडाका एक/एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
बुधबार नै मेचीनगर नगरपालिकाका एक जना र गौरादह नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको पौडेलले जानकारी दिए।
कोरोना भाइरसको सङ्क्रमण देखिएकाहरू सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन्।
अहिलेसम्म झापामा १५३ जनामा सङ्क्रमण पुष्टि भएको छ। जस्मा ४५ जना निको भएर घर फर्केका छन्।