
झापा– कोरोना भाइरस सङ्क्रमणको लक्षण नदेखिएकाको पिसिआर परीक्षण नगर्ने संघीय सरकारले बताइरहँदा झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरूलाई तीन पटक पीसीआर परीक्षण गरेर मात्र होम क्वारेन्टिनमा बस्न अनुमति दिने गरिएको छ।
कोरोना भाइरसको महामारीको कारण लकडाउनमा परि भारतको विभिन्न स्थानबाट ज्यला मजदूर गरी घर फर्कने क्रममा मेची नदीबाट कचनकवल गाउँपालिकाले सिधैं पथरीया क्वारेन्टाइनमा ३२ जना राखेको थियो।
तीमध्ये पहिलो पीसीआर परीक्षणमा १० जना संक्रमित देखिएपछि दोश्रो पटक पीसीआर परीक्षण गरिएको थियो।
त्यसमा पनि दुई जना संक्रमित देखिएपछि तेस्रो पटक पनि पीसीआर परीक्षण गरिएको थियो। लगातार तेस्रो पटकको परीक्षण नेगेटिभ देखिएपछि बिहीबार २९ दिनमा २० जनालाई गाउँपालिका अध्यक्ष अन्जार आलम, स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव, मेडिकल अधिकृत डा. विशुद्ध भट्टराईले क्वारेन्टिनमा भएको कमिकमजोरीप्रति क्षमा मागेका थिए।