डिस्चार्ज भएर गाउँ पुगेका विर्तामोडका कोरोना संक्रमितले बास पाएनन्

डिस्चार्ज भएर गाउँ पुगेका विर्तामोडका कोरोना संक्रमितले बास पाएनन्
+
-

झापा– कोरोना भाइरस सङ्क्रमण भएर उपचारपछि घर फर्किएका एक युवकलाई बास दिन गाउँलेले इन्कार गरेपछि अलपत्र परेका छन्।

आफ्नो घर नभएका कोरोना भाइरस सङ्क्रमित दिलीप दर्जीलाई भाउजुको घरमा बस्न गाउँले रोक लगाएका हुन्। उपचारपछि उनी शुक्रबार नै डिस्चार्ज भएका थिए। उनलाई दिउँसो ४ बजे एम्बुलेन्सले विर्तामोडको चारपाने चोकमा ओरालेको थियो।

झापा बिर्तामोड–२ का दर्जी गत जेठ १३ गते भारतबाट नेपाल प्रवेश गरेका थिए। उनलाई २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि धरान लगिएको थियो।

उनले आफ्नो घर नभएको र साइली भाउजुको घरमा बस्ने गरी फर्किएको जानकारी दिए। अस्पतालबाट हिड्नुपूर्व भाउजुलाई आफू आउने कुरा भनेका थिए। भाउजुले घरमा आउन भनेकी थिइन्। भाउजुको अनुमति पाएपछि घर लागेका दिलीपलाई भाउजुले फेरि घरमा नआउन जानकारी गराइन्।

गाउँलेले घरमा आएर कोरोना उपचारपछि फर्किएका व्यक्तिलाई नराख्न धम्की दिएपछि उनी पाँच घन्टासम्म चारपानेस्थित बीर अमरसिंह माविको मैदानमा बसेका छन्।
बिर्तामोड–२ को सोमबारेमा रहेकी भाउजुको घर जान नपाएका उनलाई सो विद्यालय आसपासका बासिन्दाले समेत तत्काल त्यो ठाउँबाट पनि गइहाल्न भनेको जानकारी दिए।

भाउजुले फोनमार्फत बाटोमा केटाहरु ढुकेर बसेकोले घरतिर नआउन भनेकी थिइन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उनको उपचार भएको थियो। १० दिनको उपचारपछि उनको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट शुक्रबार नै डिस्चार्ज भएका थिए।

दर्जीले देशसञ्चारसँग भने, ‘मैले मेरो घर पनि बनाएको छैन। माइला दाजुको घरमा बस्ने सबै योजना बनाएको थिएँ। छुट्टै कोठामा बस्नका लागि दाजु भाउजुले अनुमति दिनु भएको छ। तर कस्ले आएर घरमा धम्क्याएछ। अहिले पनि घर पुगेको छैन। बाहिर नै छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?