बिस्तारै उठ्दैछ कोरोना भाइरसको सङ्क्रमणले थलिएको झापाको कचनकवल गाउँपालिका

बिस्तारै उठ्दैछ कोरोना भाइरसको सङ्क्रमणले थलिएको झापाको कचनकवल गाउँपालिका
+
-

झापा- शुक्रबार साँझसम्ममा १ सय २६ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको कचनकवल गाउँपालिकाले बिस्तारै महामारीबाट पार पाउँदैछ।

शक्रबारसम्ममा कचनकवल गाउँपालिकाका ८५ जना सङ्क्रमित कोरोना भाइरसको सङ्क्रमण निको भएर घर फर्किसकेका छन्।

अब उक्त गाउँपालिकाको ४१ वटा एक्टिभ केस रहेका छन्। ती सङ्क्रमित अहिले उपचारका क्रममा छन्।

एकै पटक धेरै क्वारेन्टिनमा बसेका स्थानीयबासीमा सङ्क्रमण पुष्टि भएपछि आत्तिएका उक्त गाउँपालिकाका जनप्रतिनिधि अहिले केही सहज महसुस गर्न थालेका छन्।

गाउँपालिकाका अध्यक्ष अन्जरा आलमका अनुसार क्वारेन्टिनमा बसेकाहरूको तीन पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि मात्र उनीहरूलाई होम क्वारेन्टिनमा बस्न अनुमति दिइएको छ।

आलमले भने, ‘अरू काम थाँती राखेर भए पनि स्थानीयबासीको स्वास्थ्यमा हाम्रो पूर्ण ध्यान गएको छ। स्थानीयबासी नै रहेनन् भने विकास कस्का लागि गर्नु र।’

झापामा अहिलेसम्म १ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ। जस्मा ९५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जिल्ला भर हाल ७४ वटा एक्टिभ रहेका छन्।

पहिलो पटक गत बैशाख ११ गते दमक नगरपालिका–३ का ४६ वर्षीय पुरूषमा सङ्क्रमण पुष्टि भएको थियो।

जेठ ३० सम्ममा जिल्लाका १३ वटा स्थानीय तहका एक महिलासहित एक सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

उमेर समूहका आधारमा पुष्टि हुनेमा १५ वर्षदेखि ६७ वर्षसम्मका रहेका स्वास्थ्य कार्यालय झापाका महामारी रोग कार्यक्रमका फोकल पर्सन समेत रहेका जीवन चौलागाईँले जानकारी दिए।

झापामा अहिलेसम्म जति संक्रमित फेला परे सबै भारतसहित अन्य देशबाट आएका मात्र छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?