नचिनेको मान्छेलाई साइकलमा लिफ्ट दिँदा डेढ लाख रुपैयाँ लुटियो

नचिनेको मान्छेलाई साइकलमा लिफ्ट दिँदा डेढ लाख रुपैयाँ लुटियो
+
-

झापा– नचिनेको मान्छेलाई साइकलमा लिफ्ट दिँदा झापा अर्जुनधारा ४ का एक व्यक्तिबाट डेढ लाख रुपैयाँ लुटिएको छ।

बैंकबाट पैसा निकालेर निस्केका साइकलमा सवार अर्जुनधारा ४ का आइत सुब्बालाई एक व्यक्तिले लिफ्ट मागेका थिए।

व्यवहारले सोझा आइत सुब्बाले ती व्यक्तिलाई लिफ्ट दिएपछि उनको डेढ लाख रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेर शनिबार सार्वजनिक गरेको छ।

प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मनकुमार बुढाथोकीलाई पक्राउ गरेको हो।

गत जेठ २८ गते अर्जुनधारा –४ का सुब्बा ग्लोवल बैंकबाट पैसा झिकेर घर जाँदै गर्दा उनीसँग एकजना पुरुषले लिफ्ट मागेका थिए।

लिफ्ट मागेपछि सहयोग गरेका आइतले पैसाको ब्याग उनैलाई बोक्न दिएका थिए।

डिएसपी रिजालले सुब्बालाई अभियुक्तहरुले केहि दिनदेखि निगरानी गरिरहेको अनुसन्धानबाट खुलेको जानकारी दिए।

बीच बाटोमा पुगेपछि साइकल रोक्न लगाई चिसो खाने बहानामा पीडितकै मोवाइल फोन मागेर साथी बोलाएर मोटरसाइकलमा पैसा लिएर भागेको प्रहरीको भनाई छ।

सुब्बाको उजुरीको आधारमा प्रहरीले चेम्जोङलाई बिर्तामोड–६ बुट्टाबारीबाट मोटरसाइकलसहित र बुढाथोकीलाई बिर्तामोड –१० तेलपानीबाट नगदसहित पक्राउ गरेको डिएसपी रिजालले जानकारी दिए।

उनीहरुको साथबाट एक थान पल्सर बाइक, ९० हजार नगद, दुई थान मोवाइल फोन र एउटा सिम बरामद गरिएको रिजालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?