रुकुम घटनामा नवराजकी ‘प्रेमिका’को बयान: चैतको पहिलो हप्तादेखि ऊसँग सम्पर्क थिएन

रुकुम घटनामा नवराजकी ‘प्रेमिका’को बयान: चैतको पहिलो हप्तादेखि ऊसँग सम्पर्क थिएन
+
-

काठमाडौँ- रुकुम पश्चिमको चौरजहारी घटनामा मृतक नवराज विककी प्रेमिका भनिएकी युवतीले प्रेमी भनिएका युवकसँग विगत दुई महिनादेखि सम्बन्ध र सम्पर्क नरहेको बताएकी छिन्।

जिल्ला सरकारी वकिल कार्यालयसँगको बयानमा युवतीले नवराजसँग टाढा हुन मोबाइल र सिम दुवै परिवर्तन गरेको बताएकी छिन्। अनुसन्धान प्रतिवेदनअनुसार नवराजले विवाह गर्न दबाब दिएपछि ती युवतीले नवराजलाई आफू अहिले विवाह नगर्ने र पढ्ने बताएकी थिइन्।

त्यसपछि नवराज जसरी पनि ती युवतीलाई विवाह गर्ने प्रयासमा लागेको देखिने अनुसन्धान अधिकृत बताउँछन्। ‘परिवारले चैतको पहिलो साता चाल पाएपछि युवती परिवर्तन भएको देखिन्छ। फेसबुकमा नवराजलाई ब्लक गरेर  उसले मोबाइल र सिम फ्यालेर अर्को मोबाइल र सिम किनेर चलाएको देखिन्छ’, ती अनुसन्धान अधिकारी बताउँछन्।

प्रहरीका अनुसार प्रेमिका सम्पर्कमा नरहे पनि नवराज ती युवतीका भाइलगायत आफन्त बहिनीहरुसँग नियमित सम्पर्कमा थिए। ती युवतीले नवराजसँग २०७५ को फागुनदेखि भेटघाट भएको र दुईपटक उसको घरमा गएर बसेको बयान दिएकी छिन्। स्रोतका अनुसार युवतीले सरकारी वकिल कार्यालयसँगको बयानमा नवराजहरु जेठ १० गते आउनेबारे आफुलाई थाहा पनि नभएको बताएकी छिन्।

सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार मुद्दा पेश गरेको हो। प्रतिवादी बनाइएकामध्ये पाँच जना फरार छन्। पक्राउ परेकाको बयान अदालतमा सुरु भइसकेको छ।

मृतक नवराज विककी प्रेमिका भनिएकी युवती, उसका बुबाआमा र दाई, वडाध्यक्षसहित ३४ जनालाई प्रतिवादी बनाइएको छ। प्रहरी अनुसन्धानले मारिएका सबै ६ जनालाई गाउँलेले कुटेर बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको छ।

‘कुट्दै लखेटेको भनेर गाउँलेले पनि भनेका छन्। तर पहाडमा हुर्किएका केटाहरुले त्यो नदी सामान्य अवस्थामा तर्न सक्ने देखिन्छ। मृतकको शरिरमा देखिएको चोटपटकले मारेर या बेहोस अवस्थामा भेरी नदीमा फालेको हाम्रो निष्कर्ष छ’, अनुसन्धानमा खटिएका  अधिकारी भन्छन्।

जाजरकोटको भेरी नगरपालिकाका नवराज विक चौरजहारी-८ सोतीमा रहेकी ठकुरी परिवारकी प्रेमिका लिन १९ जना युवाहरु लिएर जेठ १० गते सोती पुगेका थिए। साँझतिर सोती पुगेका उनीहरुलाई गाउँलेले लखेटेका थिए।

युवा पक्षका १३ जना सम्पर्कमा आएपनि ६ जना बेपत्ता भएपछि राति नै प्रहरीले खोजी सुरु गरेको थियो। त्यहि दिन राती नवराजको शव भेरी नदीको किनारमा भेटिएको थियो। करिब दुई साताको बीचमा बाँकी पाँच जना युवाको शव पनि भेरी नदीमा भेटिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?